सन् २००३ देखि लस एन्जलस, क्यालिफोर्नियामा बस्दै आएका सुवेदीले उम्मेदवारी दिएका हुन् । अमेरिकामा नेपाली समुदायसँ चिर परिचित सुवेदीले आफ्नो ब्याच्लर र मास्टर्स दुवै क्यालिफोर्निया स्टेट युनिभर्सिटी लस एन्जलसमा गरेका थिए । उनी विगत १३ वर्षदेखि आईटी क्षेत्रमा काम गर्दै आएका छन् ।
अमेरिकामा विशेष गरी युवावर्ग लाई समेटेर हरेक वर्ष हुने नेपलिज अमेरिकन कन्भेन्सनको नेतृत्व सुवेदीले गर्दै आएका छन् । उनको एफ वान ग्रुपले विद्यार्थीहरुलाई छात्रवृति पनि दिँदै आएको थियो भने सुवेदी आफैँले २०७२ सालको भूकम्पमा नेपालमा करिब एक महिना राहत सामग्री बाढ्दै सहयोगका कामहरु गरेका थिए । सुवेदीले गोर्खाको तत्कालित तान्द्रंग गाविसमा भुकम्पले भत्किएको विद्यालय भवन पुनः निर्माण गरेका थिए ।
सुरेश कोइराला
प्रतिक्रिया