नेपाली सेनाको सबाल

बीरकाजी बस्नेत २०८० साउन ४ गते १:०५ मा प्रकाशित

पृष्ठभुमी

आज भन्दा करिब ४६४ बर्ष अघी गठन भएको नेपाली सेनाको कुनै न कुनै रुपको निरन्तरतामा बर्तमान सेनाको स्वरुप हो । हरेक देशले आन्तरिक चुनौती र बाहय आक्रमणकारी बाट सुरक्षाको निम्ती सेना राखेको हुन्छ । राजा पृथ्वी नारायण शाहले एकिकरण अभियान बिस्तार गर्ने क्रममा बनारसको भ्रमण गरेर फर्के पछी सेनालाई थप संगठित स्वरुप प्रदान गरेका हुन । यसरी राज्य निर्माण ,एकिकरण र फैलावटका साथ आधुनिक नेपाल निर्माण गर्ने क्रममा नेपाली (गोर्खाली )सेना पूर्व तिर टिस्टा नदी पूर्व न्याय गांउ देखी पश्चिममा राबी नदी सम्मका भुभाग नेपाल भित्र पार्न सफल भएका थिए । कसैले सतलज नदी भने पनि जनक लाल शर्माले सप्रमाण राबी नदी सम्म पुगेको उल्लेख गरेका छन । यस क्रममा ठुलै आन्तरिक र बाह्य चुनौती झेल्नु परेको थियो । काठमाडौं उपत्यका बिजय गर्ने क्रममा राजा जयप्रकाश मल्लले आफ्नो सहायताको लागि अङ्रेज फौज झिकाए पछी कप्तान किनलोकको नेत्त्रित्वमा आएको २४०० संख्याको अङ्रेजी फौजलाई बुद्धिमता र बहादुरी पूर्वक सिन्धुलीगढिमा ६०० गोर्खाली सेनाको बलिदानी सहित हराए पछी त्यो समयमा नै अङग्रेजी प्रभुत्त्व कायम हुन नसकी नेपालले अस्त्तित्व र जिबन पाउन सकेको हो । त्यस्तै मकवानपुर गढिमा गोर्खाली फौज सँग पराजित भएका सेन राजा बंगाली सुल्तान मिर काशिव सँग गुहार माग्न पुगे । उनै मिरकाशिवले सेनापती गुर्गिन खांको नेत्त्रित्वमा गोर्खाली फौज बिरुद्ध लड्न बिशाल फौज पठाए तर त्यो फौजलाई पनि गोर्खालीहरुले हराएर पठाए पछी एकिकरण अभियान थप पूर्व तर्फ बढ्यो । यसै क्रममा लम्जुङ ,कास्की पर्बत जस्ता पश्चिमी राज्यहरु संगठित भएर गोर्खाली प्रभाव बढ्न नदिन आक्रमण गरे तर त्यो फौजलाई पनि गोर्खालिहरुले परास्त गरिदिए । यसरी पूर्व तर्फको अभियान टिस्टा सम्म पुरयाए पछी ५२ बर्षको उमेरमा राजा पृथ्वी नारायण शाहको देहान्त भयो । आजको पुस्ता नेपालीले भने उनको सालीक तोड्फोड गर्ने र जयन्तिका दिन थुक्ने जस्ता कार्य गर्ने गरेका छन । यस् पछी राजेन्द्र लक्ष्मी र बहादुर शाहले एकिकरण अभियानलाई निरन्तरता दिए । यस् क्रममा पूर्वमा लिम्बुहरुले पनि बिद्रोह गरेका थिए । त्यसलाई नियन्त्रणमा लिनु पर्‍यो । पश्चिममा जुम्लामा भएको बिद्रोहालै पनि नियन्त्रणमा लिनु पर्‍यो । समय क्रममा खोटा सिक्काको निहुंमा तिब्बत सँग पनि युद्ध गर्नु पर्‍यो र उसको मद्धतको लागि आएको बिशाल चिनिया फौजलाई पनि झेल्नु पर्‍यो । पश्चिम कुमाउ गढ्वाल लगायतका छेत्रमा बिजय पस्चात शान्ती सुब्यबस्था राम्ररी कायम नभै सकेको अवस्था थियो । जतिबेला पाल्पा राज्य नेपालमा गाभियो त्यसपछी दक्षिण तिर भारतभरी प्रभुत्व जमाएर बसेको ब्रिटिश इन्डियाले बुटवल र स्युराजको बिषयलाई लिएर नेपाल बिरुद्ध युद्धको घोषणा गर्‍यो । यसरी टिस्टा देखी राबी सम्मा फैलिएको नेपाल र कहिले घाम नस्ताउने भनिएको ब्रिटिश साम्राज्य बिच बिभिन्न मोर्चामा भीषण युद्ध भयो । ६० हज्जार बढी सेना र त्यतिबेलाको आधुनिक हतियारधारी अङ्रेज सँग पुगनपुग १२ हजारको संख्यामा रहेको र पूर्व देखी पश्चिम सम्म छरिएको र तुलनात्मक कमजोर हतियार ,अर्थ ,रसद ,र संचार रहेको गोर्खाली सेनाको बिचमा भीषण युद्ध भयो । बिभिन्न मोर्चामा गोर्खालिले अङ्रेज तर्फ ठुलै क्षती पुरयाए पनि हार भयो भने केही मोर्चामा गोर्खालिले अङ्रेजलाई पूर्ण रुपमा हराए । जस्तोकी नालापानी युद्धमा अङ्रेजका जनरल रोलो जिलेस्पी मारिए भने जैथकको किल्लमा नेपाली ७० बर्षका भक्ती थापाको मृत्‍यु भयो । तर पाल्पाको जितपुर गढी ईलाकामा भने नेपाली कमान्डर उजिर सिंह थापाको नेत्त्रित्वमा रहेको फौजले अङ्रेज जनरल ऊडको फौजलाई पूर्ण रुपमा हराएर फिर्ता हुन वाध्य बनायो । यसरी ब्रिटिश साम्राज्य सँग लगातार २ बर्ष सम्म भिडेर कतै हार र कतै जित ब्यहोर्दै गोर्खालिले आफ्नो सार्बभौमसता गुम्न दिएनन । यसरी सेनाले देशलाई बिदेशिको पन्जामा पर्न बाट जोगाएको पनि हो । यो जोगाएको पाटोको भने देश भित्र कमै बहस हुने गरेको छ । यहाँनिर बुझ्नु पर्ने के छ भने बिरतापुर्बक लडेर पनि अन्तत अङ्रेज संग पराजित भएका बलभद्र कुबर ,भक्ती थापाहरुलाई जती चर्चा गरिएको छ अङ्रेजलाई मोर्चामा टिक्न निदिएर पूर्ण रुपमा पराजित गरेका उजिर सिंह थापाहरुको कसैले नाम लिदैन । मारिएका भक्ती थापालाई पनि धेरै पछी मात्र राष्ट्रिय बिभुती घोषित गरियो । अङग्रेज सँग अन्तत हारेकाहरु वीर कहलिए भने हराउने अङ्रेजहरु महाबिर भए होलान । जसले अङ्रेजलाई नै हरायो त्यस्ताको नामै ईतिहासमा नभेटिनु दु:खद कुरा हो। युद्ध बाट फर्केकाहरुलाई पनि दरबारमा खासै वास्ता गरिएन जसको कारण आजिबन देश निर्माणमा लागेका सेनापती अमर सिह थापा गोसाइकुण्ड पुगेर देह त्याग गरे भने बलभद्र कुबरहरु पन्जाब तिर गएर सैन्य सेवा गरी मारिन पुगे पनि अरुको पनि कुनै सम्मान भएन । त्यस पछी भिमसेन थापाले सेनालाई केही आधुनिकरण गरे । नेपाल अङ्रेज युद्ध पछी नेपाली युबा ब्रिटिश ईन्डियाको सेनामा भर्ना हुन पुगे भने पहिलो र दोस्रो विश्वयुद्धमा नेपालीले विश्वका बिभिन्न मोर्चामा युद्ध लडेर रगत बगाएका छन । जङग बहादुरले सेनाको बलमा भारतमा चलेको सिपाही बिद्रोह दमन गरिदिए र मुलुकका गुमेका भुभागको केही अंस फिर्ता लिन सफल भए । यसरी अहिलेको परिस्थितिमा नेपालको राहादानीको स्तरिकरण धेरै खस्केको अवस्थामा पनि अन्तरराष्ट्रिय छेत्रमा नेपाली गरिमा लाई सान्तीसेनामा खटिएर ,ब्रिटिश गोर्खा र हिमाल आरोहण मार्फत नेपाली शेर्पाहरुले कायमै राखेका छन ।

२००७ सालमा प्रजातन्त्र स्थापना भए पछी नेपाली राजनितिका हर छेत्रमा भारतीय हस्तछेप भए जस्तै सेनामा पनि हस्तछेप भयो । तत्कालिन अवस्थामा ३० हज्जारको संख्यामा रहेका सेनालाई झारेर १० हजारमा ल्याइएको थियो । यसै बिच देशको उत्तरी सिमा छेत्रमा १८ स्थानमा भारतीय सेना तैनाथ गरियो । २०१७ मा राजा महेन्द्रले शासन हातमा लिए पछी अन्य क्षेत्र जस्तै सेनालाई पनि केही परबर्धन गरियो र कुट्नितिक माध्यमबाट उत्तरि सिमामा रहेका भारतीय सेना हटाउने काम गरियो । त्यस्तै २०३१ साल तिर बिदेशी षड्यन्त्रले खडा गरेको खम्पा बिद्रोहलाई नेपाली सेनाले नियन्त्रणमा लिनु पर्‍यो । जब २०४६ सालमा पुन बहुदलिय ब्यबस्था पुनर्स्थापना भए पछी पुन सेनालाई बेवास्ता गरिन थालियो । आन्तरिक राज्य संचालनका लागि प्रहरी भए पुग्छ भन्ने ठानियो । तर जब माओवादीले २०५२ साल बाट सशस्त्र द्वन्द सुरु गर्‍यो तब बल्ल सेना तिर सबैको ध्यान आक्रिस्ट भयो ।

कमी कमजोरी
सेनाका केही कमजोरिहरु पनि रहेका छन । ईतिहासको बिबिध कालखण्डमा सेनाले आफ्नो परमाधिपतिको रक्षा गर्न सकेको छैन । देशको सिमालाई पश्चिम किल्ला कांगडा सम्म पुर्याउन नेत्त्रित्व गरेका आफ्ना कमान्डर बहादुर शाहको रक्षा सेनाले गर्न सकेन । उनी ४० बर्षको उमेरमा मारिए ।त्यस्तै राजा रण बहादुर शाहको रक्षा गर्न सकेन र उनी आफ्नै भाई द्वारा मारिए । त्यस्तै भीमसेन थापालाई पनि सेनाले जोगाउन सकेन र उनको दर्दनाक अन्त्य भयो । त्यस्तै गरी रणोद्विप सिंह राणाको रक्षा गर्न सकेन र आफ्नै भाई भतिजा बाट प्रधानमन्त्री पदमा रहेकै अवस्थामा उनी मारिए । राजा महेन्द्रको मृत्‍युको कारण पनि शकाको घेरामा छ । पछील्लो समय आफ्ना परमसेनाधिपती बिरेन्द्र वीर बिक्रम शाहको सबै परिवारका सदस्य मारिदा सम्म सेनाले जोगाउन सकेन जसले शान्तीछेत्र घोषित गरियोस भन्ने प्रस्ताब मार्फत मुलुकको सार्बभौमसत्ताको दिर्घकालिन रक्षा गर्ने प्रस्ताब गरेका थिए । अन्तत देश बाट राजतन्त्रको नै अन्त्य भयो ।

५२ साल बाट सुरु भएको माओवादी बिद्रोह राज्यका अन्य सुरक्षा निकायहरुले धान्नै नसक्ने अवस्थामा पुगेपछी अन्तिम बिकल्प सेना परिचालन गर्नु पर्ने भयो । त्यस पछी बल्ल सेनाको संख्या बढाउने तिर राज्यले चेतना पायो । त्यसैको परिणाम स्वरुप अहिलेको सेनाको संख्या रहेको हो । जब देशमा ६३ सालको राजनितिक परिवर्तनको संक्रमणकाल सुरु भयो सेना प्रती राजनीतिक दलका नेताहरुले अपमान जनक अभिब्यक्ती दिन सुरु गरे । माओवादी लडाकुहरु सिबिरमा राख्ने त्यस्तै प्रकृतिको मापदण्ड सेनामा पनि लागु गर्ने र सेना ब्यारेकको निस्चित दुरी भन्दा बाहिर जान नपाउने भनियो । एक पटक भारतले सेनालाई हतियार पठाएको हल्लाको भरमा माओवादी कार्यकर्ताले आगजानी गर्दा कलंकी मालपोत लगायतका कार्यालयहरुमा आगजानी र आगोलागी भयो । सेनाको काम केबल राजाहरुलाई सलामी र मलामी जाने मात्र हो भनियो । जिम्मेवार नेताहरुले सेनालाई बलत्कारी र जनआन्दोलन दमनकारी सेना भन्न थाले । सेना प्रमुख लाई लक्षित गर्दै को हो त्यो भनेर लल्कार्न थालियो । भैरब नाथ गणलाई यातनाको केन्द्र भएको र सेनाले शिवपुरिमा नरसंहार गरेर गाडीएको बजार हल्ला आयो ।चेन अफ कमाण्डमा चल्ने प्रकृतिको संगठनलाई प्रजातान्त्रीकरण गर्नु पर्ने जस्ता हल्ला पनि गरियो । त्यो समयका रक्षा मन्त्रिले केही सैन्य अधिकारिको पदावधी नथप्ने निर्णय गरिदिए । अन्तत बिना कुनै ठुलो अभियोग सेनापती बर्खास्ति गर्ने निर्णयमा सरकार पुग्यो । यतिबेला सेना पनि ढोका थुनेर कुटेको बिरालो जस्तो भयो र सैन्य नेत्त्रित्व पुनर्स्थापित भयो र राजनितिक सतामा बद्लाव आयो ।

हाल सम्म राज्यका सबै संयन्त्रहरुमा राजनीतिक हस्तछेप भए पनि सेना संगठित सक्तिको रुपमा रहेको मानिएको छ । तर बिगतका केही घटनाक्रम हेर्दा सेना हस्तछेप बाट प्रभावित नभएको भन्ने देखिदैन । आफुअनुकुलका बैकल्पिक सेनापती अघी बढाएर सेनामा लडाकु समायोजन गरेर राजिनितक बर्चस्व राख्न खोजिएकै थियो । पछी आफु सँग युद्धमा होमिएको राजिनितिक शक्तिको नियुक्तिमा सेनाका जर्नेलहरु सभासद सम्म भएका र त्यस्ता केहीहरु माओवादी हाइप्रोफाइल नेताहरुलाई निजी निवासमा संरक्षण दिन्थे भनिएको छ । कसैले सेना परिचालनको गोप्य सुचना पहिले नै बिद्रोहिलाई पुरयाउथे भनिएको छ । ६३ को राजनीतिक परिवर्तन पछी बिदेशी कुट्नितिग्य सेनाको हेडक्वाटरमा गएर गणतन्त्रमा जाने कुरालाई अबरोध नपुर्याउन दबाब दिए फलत देश गणतन्त्रमा गयो भनिएको छ । धर्म निर्पेक्षता घोषणा गर्नु अघी सेनाले के गर्ला भनी तत्कालिन सेनापतिलाई राय मागिदा सहजै मन्जुरी दिएको कुरा आएको छ । माओवादीले पहिलो पटक दाङ ब्यारेकमा पनि हमला गर्दैछन भन्ने सुचना तत्कालिन गृह मन्त्री ,रास्ट्रिय अनुसन्धान प्रमुख र सेनाका २ जर्नेलहरु प्यारा जङ थापा र दिलिप रायमाझिलाई जानकारीमा थियो तै पनि सेना सुतेर बसेको घटना बाहिर आएको थियो र सम्बन्धित ब्यारेकलाई सम्म पनि सुचना दिइएन र सतर्क गराइएन भनिएको छ । पहिले पनि सेनाको परिचालन परमाधिपती राजाले गर्ने कि जननीर्बाचित सरकार प्रमुखले गर्ने भन्ने बिबाद पनि बाहिर आएको थियो । माओवादी सँगको द्वन्दको समयमा पनि कतिपय सेना एकछाक मात्र खाएर पनि लड्नु परेको थियो ।

सेना र आर्थिक बिकास
पहाडी जटिल भुगोल भएका छेत्रमा सडकको ट्र्याक खोल्ने ,द्रुत राजमार्ग निर्माण राष्ट्रिय निकुन्जहरुको सुरक्षा ,टेलिफोन टावर देखी जलबिद्ध्युत गृहहरुको सुरक्षा जस्ता महत्वपूर्ण जिम्मेवारी सेनाले निभाइ रहेको छ । जसले गर्दा आवतजावत देखी आपुर्ती ब्यबस्थामा सहजिकरण भएको छ र दुर्गम जिबनलाई ढाकर बोक्ने कुरा बाट छुटकारा मिलेको छ । खर्च कटौतीको लागि सेनाको संख्या घटाऊनु पर्ने कुरा केही विद्वान सांसदहरुले सदनमा उठाए पछी फेरी सेनाको कुरा बहसमा आएको छ । बिशाल छिमेकी हरु सँग युद्ध भयो भने सेनाले सार्बभौम सत्ताको रक्षा गर्न नसक्ने तर्क गरिएको छ । सेनालाई किन पालेर राख्नु पर्ने जस्ता कुतर्कहरु पनि गरिएकै छन । यसको अर्थ के लाग्छ भने घर बस्तिमा आगोलागी भएकै छैन किन दमकल र अन्य निभाउने स्रोतहरुको जोहो गरिनु पर्‍यो भन्ने जस्तो हुँदैन र ? हालैको बिस्वघटनालाई हेर्ने हो भने आफु भन्दा कयौ गुना शक्तिसाली रुसका बिरुद्ध आफ्नो सार्बभौमसता रक्षाको लागि युक्रेनले बलिदान गरिरहेको छ । आर्थिक बिकासमा छिमेकी इराक भन्दा कयौ गुणा राम्रो भए पनि कुबेतलाई इराकले २४ घण्टा भित्रै निलेको ताजा ईतिहास हाम्रा सामु धेरै पुरानो छैन । चारैतिर बाट शत्रुले घेरिए पनि इजरायलले आफ्नो गुणस्तरीय सेना मार्फत राष्ट्रको जिबन सुरक्षित गरेकै छ । आर्थिक बृदीका धेरै बैकल्पिक उपाय हरु हुंदा हुँदै किन सेनाको आकार कम गर्नु पर्ने तिर ध्यान गएको हो एक पहलु भएको छ । हुनत युद्ध बाटै सता राजनीतिको भूमिकामा पुगेका बर्तमान प्रधानमन्त्रिले समेत एकसमय सेना १०हजारको संख्यामा भए पुग्छ भन्ने कुरा गरेका थिए । यदी युद्ध कौशल प्रदर्शन गर्न सक्ने हो भने जतिसुकै बलिया राष्ट्रहरुलाई पनि पराजित गर्न सकिने उदाहरण भियतनामले संसारकै शक्तिसाली अमेरिकालाई हराएको र अफगानिस्थानले अमेरिका र पूर्व सोभियत संघ दुबैलाई हराएका उदाहरणहरु पनि छन । नेपालमै पनि माओवादी शक्तिलाई राज्यका सबै निकाय प्रयोग हुंदा पनि पराजित गर्न नसकेर बार्ता मार्फत समाधान निकाल्नु परेको उदाहरण छ ।

दक्षिणी छिमेकिको गिद्धे दृष्‍टि
१९६५ मा एक गोप्य सम्झौता मार्फत शेनालाई आबस्यक पर्ने गोलाबारुद केबल भारत बाट मात्र किन्नु पर्ने सम्झौता गरेर सेनाको आधुनिकरणमा अबरोध पुर्याउने काम गरेको छ । १९९० ताका चाइना बाट एन्टी एयरक्राफ्ट मिसाइल किनेको कुरामा निहु खोजेर देश माथी १५ महिना लामो नाकाबन्दी गर्‍यो र नेपालका ब्यारेक छिरेर हतियार निरिक्षण सम्म गर्‍यो । जबकी त्यस्ता मिसाइल केबल प्रतिरक्षाका लागि मात्र काम दिने हुन्छन । माओवादी युद्धको समयमा पनि कम गुणस्तरका इन्सास राइफल मात्र नेपाली सेनालाई दियो । बेल्जियम बाट किनेर ल्याएका हतियार भित्र्याउन एअररुट दिएन । यसरी नेपाली सेना बलियो नहोस् र आफ्नो दबाब र प्रभाब छिमेकी माथि रहिरहोस् भन्ने उसको चाहना रहने गरेको छ । यसमा चाइना फोबियाले त काम गरेकै छ भने नेपाल कुनै दिन सक्षम भयो भने सुगौली सन्धिमा गुमेको भुभाग जुन उसले अबैधानिक भोगचलन गरिरहेको छ दावा गर्लाकी भन्ने पनि उसलाई भय छ । उसले ऐन मौकामा पटक पटक मेरो सुरक्षा छाता भित्र बस रक्षा र पररास्ट्रको जिम्मा मलाई दे भन्दै सक्तीहिन र आफ्नो आस्रित राष्ट्र बनाउने कुटिल पारा पनि लुकाएको छैन ।

राज्यको दायित्व
सर्बप्रथम राज्यका सबै सक्ती र निकाय हरुले सर्बसम्मत राष्ट्रिय सुरक्षा निती बनाउनु पर्दछ । समय अनुसार सेनालाई तालिम ,सैन्य अभ्यास ,लजिस्टिक ब्यबस्था ,बृतिबिकास ,परिबारको भरण पोसणका कल्याणकारी कोस ,औसधी उपचार ,छोराछोरिका लागि उचित शिक्षा दिक्षाको ब्यबस्था ,समय क्रम अनुसार प्रबिधी र हतियारको उपलब्धता ,तालिम ,युद्धकला र सैन्य रणनिती सम्बन्धी विश्वबिद्यालयको स्थापना ,सबै प्रकारका युद्धकलाको प्रशिक्षण ,सैन्ययुनिट हरुको बिभिधी करण ,बायुसेनाको निर्माण र तालिम प्रदान गरिदिनु पर्दछ । त्यसै पनि राज्यले सेनाको लागि हाल सम्म सबै भन्दा कम अर्थात एक पोइन्ट तीन प्रतिसत बजेट त छुट्याएको छ । यस बाट कती नै बचत निकाल्न सकिन्छ भनेर बिधायकहरुले सोच्नु पर्दैन र ?

प्रतिक्रिया