धनगढी साउन २÷पहिरोले गाउँ बस्तीनै सखाप गरेपछि घरबार बिहिन अवस्थामा पुगेका कैलाली जिल्लाको चुरे गाउँपालिकाका पहिरो पीडित परिवारलाई खाद्यान्न राहत स्वरुप बितरण गरिएको छ ।
चुरे गाउँपालिकाका विभिन्न वार्डबाट पहिरोमा परेर बिस्थापित बनेका २१० जना बाढी पिडित मद्य्य चुरे गाउँपालिकाको वडा नम्बर ४ को बालुवागडामा बस्दै आएका ५८ जना सुकुम्बासी परिवारलाई मंगलबार पत्रकार बिरेन्द्र रावलले सुकुम्बासी बस्तीमा गएर बितरण गरेका हुन । पहिरो पीडितका बालबालिका ,महिला र बृद्द बृद्दाहरुको पिडालाइ देखेर हाल अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्दै आएका ब्यबसायी, समाजसेवी एवं परोपकारी ब्यक्तीहरु सात कृष्ण आचार्य र समुन्द्र पार बस्दै आएका डिबि राउतले उक्त राहत प्रदान गर्नु भएको थियोे । राज्यका निकायले सहयोग नगरेको अवस्थामा अमेरिकामा बस्दै आउनु भएका परोपकारी मनका धनी आचार्य र राउतले प्रदान गरेको राहतले केही दिनका लागी पेट भरी खान पाउने भएपछी सुकुम्बासीहरुके हर्षका आसु पोखेका छन । सुकुम्बासीलाई राहत बितरण कार्यक्रममा चुरे गाउँपालिकाकि वार्ड सदस्य पार्वती सार्किले सहयोगी मनहरुलाइ धेरै धेरै धन्यवाद दिएकी छिन ।
राहत पाएपछि खुसि भएका सुकुम्बासीहरुले सरकारले नगरेको अवस्थामा निजि क्षेत्रबाट भएको सहयोगको निकै तारिफ गरेका छन । यश अधि पनेरु गडामा पनि लत्ताकपडा ,स्टेसनरी र त्रिपाल बितरण गरिएको थियो ।
कैलाली जिल्लाको खानीडाँडा, बालुवागडा, पनेरुगडा लगायतका स्थानहरुमा गरि २१० जना बासतविक पिडितहरु रहेकोले उनिहरुलाई चार चरणमा राहत वितरण गरिनु पर्ने माग रहेको छ छ ।
वन प्रशासनले अस्थायी टहरमा बस्दै आएका बाढी पहिरो पिडित देखि लिएर अन्य सुकुम्बासीको पहिचाननै नगरेर बस्तीमा आगो लगाई दिदा यथार्त पिडितहरुले शास्ती खेप्नु परिरहेको कुरा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले बताउनु भएको छ ।
प्रतिक्रिया