‘हराएको पहिचान’ 

रजनी (कन्चन) मल्ल २०८० साउन १ गते २१:४६ मा प्रकाशित

कलेजबाट घर फर्किदै गरेकी मियाका आँखाहरु अनायास परतिरको एक हुल माथी पर्न जान्छ। वरिपरि पुलिसहरु पनि सल्बलाई रहेका हुन्छन। मिया त्यो हुलभित्र बाट कुनै बालक रोएको आवाज सुन्छिन, अनि त्यो हुल भित्रका एक व्यक्तिलाई नजिकै गएर सोद्छिन,”यहाँ के को हुल हो? किन के भयो?” त्यतिकै मा त्यो व्यक्तिले भन्छ, “कुन चाही माया नभाको आमा होला त्यो, भर्खरै चार पाच महिना जति मात्रै भाको जस्तो देखिन्छ, बच्चालाई त्यहाँ छोडेर गएको रहेछ, कस्तो निर्दयी, माया नभाको आमा होला? त्यति सुनेपछि मिया त्यो हुलभित्र गएर हेर्छिन्। एक बेवारिशे शिसु आमाको न्यानो बात्सल्य प्रेम अनि न्यानो स्पर्शको लागि चिच्याई चिच्याईकन रोइरहेको देख्छिन। तिनी त्यो ठाउँ छोडेर छिटो छिटो आफ्नो घर तिर लाग्दछे। बाटोभरी तिनको आखामा चिच्याई चिच्याईकन रोइरहेको त्यो बेवारिशे शिशु अनि वरिपरि झामिरहेको मानिसहरु आइरहन्छ। घर पुगेपछि तिनी सिधै बाथरूम भित्र पस्दछे अनि आफ्नो अनुहार ऐनामा हेर्छे देख्छे आफ्नो परिवारको अनुहार भन्दा बिल्कुल फरक। आफु हेर्दा कपाल कालो गहुगोरो अनुहारको तर परिवार भने सेतो कपाल गोरो अनुहारको।

आज बाटोमा फालिएको एक बालकको कथाले फेरि तिनलाई तिनको अतितमा पुर्याउन बाध्य पार्छ। हुन् त तिनलाई थाहा छ तिनको अहिलेको आमा बुवा तिनलाई जन्म नदिए पनि तिनलाई हुर्काउने आमा बुवा हुन् भनेर। तिनलाई त्यो परिवारमा केहि कमि छैन माया देखि लिएर हेरविचार सबै पुगेकै छ तर जब तिनी बुझ्ने भईन, किन किन मियालाई सधै तिनको जन्म दिने आमा बुबाको बारेमा खुल्दुल भैरहन्छ र तिनी सधै आफ्नो मनलाई सोद्छिन “किन मलाई मेरा आमा बुबाले नस्विकारेका होलान” भनेर। जब तिनी आफ्ना परिवारका साथ कतै बाहिर घुम्न वा रेष्टुरेन्टमा खाना खान जान्छिन, कतिपय मानिसका आखाहरुले तिनलाई नियालिरहेको पाउछिन तिनी। तिनलाई नै थाहा छैन, कतै तिनलाई मात्रै लागेको हो कि यस्तो।

तिनी बाथरुम बाट बाहिर निस्केर आफ्नो कोठामा गइ खाटमा पल्तिञ्छिन। तिनको कानमा त्यो अघि बाटोमा मानिसहरुको भिड बीच चिच्याई चिच्यैकन रोइरहेको त्यो सानो बालकको आवाज गुन्जिरहन्छ। तिनी त्यो बालकमा आफुलाई पाउञ्छिन। तिनलाई लाग्छ १५ बर्ष अघि तिनी पनि कतै बजारको एक कुनामा बिहानको मिर्मिरे उज्यालोमा त्यसरी नै चिच्याई चिच्यैकन रोइरहेकी होलान, आफुलाई जन्म दिने आमाको न्यानो मायाको आशमा। तिनका आँखाहरु नजादिदो किसिमले रसाएर आउञ्छन। किनकी तिनले सुनेकी थिइन्, तिनलाई पनि कसैले कतै भेटाएरै ल्याएका हुन् भनेर।

सधै झैँ आज पनि तिनको मनमा त्यहि प्रश्न उठिरहन्छ “किन मलाई नौ महिना पेटमा पालेर जन्म दिई यो संसारमा एक अजनबी झैँ गरि फाले त्, अन्जान ठाउमा, अन्जान मानिसहरुको बिचमा? मैले के गल्ती गरे होला र? गल्ती गरे होलान् मेरा आमा बुबाले, तर त्यसको भोग किन मैले गर्नु परेको?” फेरि अर्को मनले भन्छ, “होइन कुनै पनि ममतामयी आमाले आफ्नो सन्तानलाई त्यसरी त्याग्न कुनै हालतमा सक्दैन, जसले गर्दा मलाई राख्न चाहेर पनि आफुसंग राख्न सकिनन् होला। हुन् सक्छ तिनका पनि केहि बाध्यताहरू होलान, जसले गर्दा मलाई राख्न चाहेर पनि आफुसंग राख्न सकिनन् होला। तर कुनै पनि मातृत्व प्रेमले भरिएकी आमा त्यति कठोर किन हुन् सक्छिन र?” तिनको मन मान्दैन। हरबखत त्यहि प्रश्न “किन मलाई जन्माएर पनि त्यागे त्?” भन्ने आइरहन्छ। कहिले काहि तिनलाई रिस पनि उठ्छ अनि मन्मनैमा भन्छिन् “हुर्काउन नसक्नेले जन्माउन नै किन पर्यो” तिनको मनभित्र नजादिदो किसिमले एक किसिमको अन्तर्द्वन्द पैदा हुन्छ जुन न त् कसैलाई देखाउन नै सक्छ न त् त्यसलाई कसैले देख्छन नै! यस्तो खालको समय समयमा भै रहन्छ तिनको मनमा, आफुसंग सम्बन्धित अनेकौ जिज्ञाशाहरुको खोजीमा।

हुन् त तिनलाई अहिलेको परिवारप्रति मन भित्र देखि नै माया छ र त्यो उसको परिवार हो भनेर मनले स्वीकारेको पनि छ। हुन् त् आफुलाई जन्म नदिए पनि माया र सुरक्षा दिएर हुर्काएको त्यो परिवारको साथले तिनले पढाईमा अनि अन्य क्षेत्रमा पनि राम्रै गरेकी छिन्। त्यो परिवारले पनि आफुले नजन्माए पनि एउटी असल माया गर्ने छोरी पाएको छ, तर पनि हरबखत जब तिनी आफ्नो अनुहार भन्दा फरक अनुहारका आफ्ना परिवारका अन्य सदस्यहरु लाई देख्छिन जब तिनी कोठाका भित्ताहरुमा झुन्ड्याईएका तिनका परिवारको फोटोहरुमा आँखा घुमाउछन, हरबखत तिनका मनले नजादिदो किसिमले आफुलाई जन्म दिने आमाको रुप कल्पनामा खोजिरहनछिन, अनि मुटुको कुनै कुनामा के नपुगेको, के हराएको, के नमिलेको जस्तो लागिरहन्छ तिनलाई। त्यो सबै सुबिधा सम्पन मायालु परिवारमा हुर्केपनि।

तिनी कहिले आफैलाई सम्झाउने प्रयास पनि गर्छिन कि तिनको आफ्नो परिवार भनेको आफुलाई जसले हुर्कायो माया दियो त्यहि हो। जब तिनी आफुलाई जन्म दिने आमा बुबालाई कल्पनामा खोज्छिन्, त्यतिखेर तिनलाई लाग्छ कतै तिनले आफुलाई जन्म नदिए पनि आफ्नो जन्म दिने आमाले दिन नसकेको माया दिएर हुर्काएको आमाबुबाको अपमान त गरिरहेको छैन? जसले त्यो सानो बालिकालाई जतिखेर माया, स्याहार सुसार अनि सुरक्षा को खाचो थियो, त्यतिखेर मायाको पोल्टामा राखेर आफ्नो मुटुमा ठाउँ दियो।

कहिलेकाही तिनीसँग सम्बन्धित अनेकौ प्रश्नहरुको जिज्ञाशाको खोजीले तिनलाई बेचैन पनि बनाउछ। यो कुराले तिनलाई टाउको दुख्छ पनि। अनि एकान्तमा गएर आकाशमाथि आकार परिवर्तन गर्दै उड्दै गरेको त्यो बादल लाई मनमनै भन्छिन तिनी “हे बादल म यहाँ सधैभरि मेरा जन्म दिने आमाबुबाको बारेमा सोचिरहेछु र म उहाहरुलाई सोद्नुपर्ने धेरै प्रश्नहरु बोकेर बसिरहेकी छु भनि मेरो खबर पुर्याई देउ।” कहिले टाढाको ठुलठुला पहाड हरुलाई हेर्दै “मेरो जन्म घर त्यो टाढाको पहाड भन्दा पर पर छ होला” भनि सोच्छिन फेरि सोच्छिन तिनी “के मलाई जन्म दिने मेरा आमाबाबाले मलाई सम्झेका छन् होलान त् अहिले सम्म पनि?” आदि आदि कुराहरु मनमा खेलाउदै बस्छिन तिनी कहिलेकाही ।

कहिलेकाही तिनको अनुहारमा देखिएका बेचैनी अनि रशिला आँखाहरुलाई देख्दा तिनलाई हुर्काउने आमा बुबालाई पनि आफुले मियालाई एडप्ट गरेर तिनका आमा बुबाबाट छुटाएर केहि गल्ति गरे कि भनि महशुस हुदा रहेछन। हुन त् तिनका आमा बुबाका गरिबीको कारणले र धेरै सन्तान हुनाले पाल्न गार्हो हुने मात्रै नभई मियाकै सुन्दर भविष्यका आशमा आफुहरुले नचाहदा नचाहदै पनि तिनलाई एदप्टका लागि दिएका रहेछन।

एकदिन मियालाई यी सबै यथार्थ कुराहरु बताएर मियाकै इच्छा, चाहना अनुसार तिनलाई हुर्काउने आमा बुवाले तिनलाई जन्माउने आमा बुवाको ठाउको पहिचान गरि तिनको जन्मथलोमा लगी भेटाइदिन्छ। तर भाषा नबुझेपनि आफुलाई भेट्दाखेरी आफुलाई जन्म दिने आमा बुबाको आँखाबाट बगिरहेको आशु अनि तिनीहरुका अनुहारमा देखिएको पीडा बाटै उनीहरुले मियालाई कतिको मिस गरिरहेका रहेछन भनेर मियाले बुझ्छिन। केहि दिन त्यहा बसेर मिया फेरि आफुलाई माया दिएर हुर्काउदै आएका आफ्ना आमा बुबाकै ठाउमा फर्किन्छिन, केहि मात्रामा भए पनि सन्तोष लिएर। अनि तिनी आफ्नो जन्म थलो को भाषा पनि सिक्दै गर्छिन, पछि भेट्न जादा आफना र आफ्ना जन्म दिने आमा बुबाको मनभित्रका भाबनाहरुलाई सजिलै संग आदान प्रदान गर्न सकुन भनेर। अब भने बल्ल मियाका मनभित्र लुकेका तिनीसँग सम्बन्धित अनेकौ प्रश्न हरुको कौतुहलताभित्र लुकेको त्यो जिज्ञाशा पुरा हुन्छ। यसरी तिनले बास्तबिकता भित्र लुकेको हराएको पहिचानलाई भेट्टाउन्छिन र सन्तोषको सास फेर्छिन।

यस्तै छ….. ।

प्रतिक्रिया