ब्राईट ईभेन्ट म्यानेजमेन्टले हिमालयज रनवे फेसन सिजन २ सम्पन्न

इनेप्लिज २०८० साउन १ गते ७:१४ मा प्रकाशित

काठमाण्डौ, हरेक बर्ष झै यस बर्ष पनि ब्राईट ईभेन्ट म्यानेजमेन्टले हिमालयज रनवे फेसन सिजन २ को आयोजना गरेको छ । कार्यक्रम २०८० असार तीस गत स्मार्ट दरबार, चण्डोलमा आयोजना गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि नायक सलोन बस्नेत रहेका थिए । निर्णायक मण्डलमा रुक्सा श्रेष्ठ, आर्जन पाण्डे, शोनितराज ढुङ्गेल , रोबिन परियार, कृष्ण श्रेष्ठ “रोविन” विकास खड्का, सुक्निता चौलागाई थिए ।

सिजन २ का बिजेतामा पुरुषतर्फ मौसम दियाली र महिला तर्फ क्रिष्टल राई रहेका थिए । ब्रान्ड एम्बेस्डरमा पुरुषमा सनम थापा तथा महिलामा तृप्ती मर्हजन बिजेता भएका थिए ।

कार्यक्रमको सोज टपरमा मोडल नायक दिक्पाल कार्की , मोडल कोरियोग्राफर प्रियारानी लामा तथा मोडल डान्सर छिरिङ शेर्पा थिए ।

रुविस्का श्रेष्ठले संचालन गरेको कार्यक्रमको व्यवस्थापन राजन बुढाथोकी र विपिन खड्का थिए । कार्यक्रमको फाईनलमा १२ जना प्रतिस्पर्धी थिए ।

प्रतिक्रिया