आधुनिक विकासको निसानामा इतिहासका चौतारी

जितेन्द्र थापा २०८० असार ३१ गते १२:४२ मा प्रकाशित

सुर्खेत
गहुंङ्गो भो घाँसको भारी, घाँसको भारी…..
भेटिएन बिसाउने चौतारी डाडै पिपल
डाडै पिपल भाच्यो हुरीले छैन शितल

कलाकाकार मुना थापा मगरको आवाजमा रहेको यो गीतले बर पिपलका बारेमा धेरै कुरा बोलेको छ । कुनै जुग जमाना थियो । प्रेमी होस वा बटुवा जब वनजंगल पाखा पखेरा, लेकबेँसि खर्कबाट घाँस दाउरा बोकेर थकाइ मेट्न चौतारीमा पुग्थे । त्यही पिपल बरको चौतारामा गएर भारी बिसाउदै थकान मेटाइन्थ्यो ।

अझ भनौ सँग सँगै मेलापात गर्दा होस वा उकाली ओराली गर्दै गर्दा थकान महशुस भएपछि पनि चौतारीमा बसेर प्रेमील जोडी मिठा मिठा पिरतीका गफ गदै हुन्थे । बुढा पाकाहरु आफ्ना बालापनका दिन सम्झिदै ठट्यौलीमा गफिदै आफ्ना दिनहरु रमाइला बनाउथे । त्यसरि चौतारीको शितल काखमा बस्दा बस्दै नत समय बितेको पत्तो पाइन्थ्यो ।

नत पलभरमै थकाइ मेटेको पत्तो पाइन्थ्यो । कुनै बेला थियो त्यस्तै जुगजमाना । तर, पछिल्लो समय आयातित विकास, गाउँशरमा मोटर बाटो पुगेपछि यि सबै कुरा हराउन थालेका छन् । त्यो डाडाको बरपिपल पहिले हावा हुरीले भाँच्थ्यो । अहिले मानिसले नै विकास गर्ने होडबाजिले डोजर लगेर उखेल्न थाल्छन् ।

‘चौतारीमा मै बसे होला कि ? बरको डाली नुगेर छोला कि ?’ यिनै चौतारीमा कहिले सुखको कहिले दुःखका भारी बिसाइन्छ । कहिले मायापिरतीका कथाहरू लेखिने गर्छन् अनि कहिले परदेश गएका प्रियतमको सम्झनामा यिनै चौतारीमा बसी विरह व्यथाका गीतहरू पोखिने गर्छन् । घाँसदाउराको भारी बिसाई नौ डाँडा पारिको माइती देशको स्मरणदेखि लिएर सासूको शासनको बारेमा नवआगन्तुक बुहारीहरू पीडाको आँसु बगाउने थियो । वास्तवमा बरपिपलका चौतारीसँग हरेक नेपालीको गाथाहरू गार्सिएका छन् ।

केही समय अघि मात्र दैलेखको ठाटीकाँध गाउँपालिका २ का रघे लुवार ठाटीकाँधका पिपल चौतारीमा बसेर आफ्ना दुःख मेटाउथे दिउँसोको टनटलापुर घाममा घरबाट हिडेर बजार पुग्ने उहाँ चौतारीमा बुढापाकासँग बसेर आफ्ना मनका बह पोख्नुहुन्थ्यो । टन्टलापुर घाममा घरबाट आदि घण्टा हिडेर पिपल चौतारामा पुगेर विश्राम लिने उहाँ चौतारी ढलेपछि पहिलेजसो त्यहाँ जान मन नलाग्ने गरेको उहाँ बताउनुहुन्छ । पहिले डाडाको चौतारी थियो,’उहाँ भन्नुहुन्छ, ‘बुढो मान्छे । घरमा बसेर दिक्क लाग्दा आफ्ना उमेर समुहका मान्छेहरुसँग चौतारीमा भलाकुसारी गर्दा बुढेसकाल लागेको महशुस नै हुन्थेन अहिले चौतारी ढलेपछि जान मन पनि लाग्दैन ।’

दिउँसोको उखरमाउलो गर्मीमा हिडेर ठाटीकाँध बजार पुग्नेहरुको बाटोभरि लागेको थकाइ चौतारीमा विश्राम गर्दा विलय हुन्थ्यो । तर, अहिले त्यो चौतारी ढलेको छ । ठाटीकाँध गाउँपालिकाले सडक फ्राकिलो बनाउने भन्दै ढलाएको छ । पहिले ठाटीकाँध बजारलाई समेत स्वभायमान बनाएको चौतारीले अहिले उजाड डाडाका रुपमा परिणत भएको स्थानीय बताउँछन् ।

पहिले बर पिपल चौतारीले सितल दिन्थ्यो । थकाइ मेट्थ्यो तर,अहिले बुढाबुढीका लागि थकाइ मेट्ने चौतारी मासिदा नरमाइलो लागेको स्थानीय बुढापाका बताउनुहुन्छ । पाटि पौवा र चौतारीलाई गुरुकुल शिक्षाको पहिलो पाठशाला मानिन्छ तर, सामाजिक थलोको साझा चौतारीले बटुवाका लागि थकान मेटाउने र बुढापाकाको दिन कटाउने सारथिको रुपमा साथीकै काम गरिरहेका हुन्छन्, तर, यिनै र यस्ता पाटिपौवा चौतारी विकासको निसानामा परेका छन् । आधुनिक विकासका नाममा यस्ता पाटिपौवा र चौतारी मासिन थालेका छन् ।

यस्ता विभिन्न इतिहास, सास्कृति बोकेका धेरै चौतारीहरु आधुनिक विकासको निसानमा पर्दै गएका छन् । कुनै समय दुःख सुख र समाजमा आइपरेका समस्याको समाधान पाटि पौवा र चौतारीमा बसेर सुल्झाइन्थ्यो । आधुनिक समाजमा सभा सम्मेलन, सेमिनार, गोष्ठि भनेजस्तै पहिले सभा सम्मेलन पनि पाटि पौवा र चौतारीमै गरिन्थ्यो ।

प्रेममा दुखान्त र सुखान्तको साक्षि मानिने चौतारी पछिल्लो समय विकासका नममा विनस हुँदै गएका छन् । बर, पिपल, समि, टुनि, सिमल लगायतका चौतारी सँगै गाउँघरमा पानीका स्रोत समेत सुक्न थालेका छन् । जब जब यस्ता चौतारी पाटि पौवा मासिदै गए त्यसरि नै नजिकका पुराना धाराको पानी समेत सुक्दै गएकोे नारायण नगरपालिका दैलेखका भक्ति किशोर श्रेष्ठ बताउनुहुन्छ । यसरि नासिदै गएपछि पानीका मुल सुक्ने देखि प्रकृतिलाई नै क्षति पु¥याएको उहाँ बताउँनुहुन्छ ।
गाउँघरका मध्य भागमा । डाडाको शिरमा । डाडा छेउमा । देउराली , भन्ज्याङमा भएका चौतारी प्राय मासिदै गइरहेका छन् । घरघर र गाउँगाउँ तथा डाडापाखामा मोटरबाटो खुलेपछि चौतारीहरु एक्लिएका छन् । विकासको नजरमा नपरेका डाडामा रहेका एक्लो बर र पिपल पनि एक्लै सुसाइरहेका छन् । विकासको नाममा धेरै पार्टि पौवा र चौतारा विकासको अतिक्रमणमा परेका छन् । यस्को महत्व बुझन नसक्दा इतिहासमा चौतारा थिए भनेर किताबमा पढन नपर्ला भन्न सकिदैन ।

गाउँघरमा विकासका नाममा डोजर चलेको छ । पुराना चौतारा पाटि पौवा मास्दै गाउँमा अशान्ति छाएको छ । अहिलेको विकासले शान्ति र खुशि भन्दा पनि अशान्ति र जताततै दुःख मात्र थपेको महशुस नागरिकले गरेका छन् ।

गाउँमा रोजगारी नहुदा विदेश पलायनले गाउँ रित्तिदै गएका छन् । चौतारामा बसेर बुढ्यौलीका ठट्यौली कुरा गर्ने बुढापाकाको अभाव खट्कदो छ । बसन्तमा नयाँ पालुवासँगै आउने नयाँ उमङ्गको रौनक छाउन छोडेको छ । आफ्ना साथमा कोही नहुने बोल्ने मान्छे पनि नहुने बजारमा आए पनि पसलमा बसेर कुरा गर्न नदिने र बाहिर ठाउँ छैन ।

चौतारा मासिए पछि समस्या भएको नारायण नगरपालिका दैलेखका मण्निराम रेग्मी बताउँनुहुनछ । गाउँठाउँकै विकासको पहिचान गरि अघि बढ्ने जिम्मा पाएका स्थानीय तहको पनि यस्मा चासो नजादा चौतारी मासिदै गएका छन् । पाटि पौवा र संरक्षणमा जुटे पनि त्यो प्रर्याप्त छैन । उस्लेनित नै बनाएर औजित्य पुष्टि गरि पुराना चौतारी संरक्षणमा जुट्ने बताएको छ ।

समुदायसँग बसेर आवस्यकताको पहिचान गरिरहेको नारायण नगरपालिका दैलेखका उपमेयर तप्त कुमारी थापा बताउँनुहुन्छ । एउटा यो पाटि पौवा चौतारी मठ मन्दिर आवश्यकताको पहिचान भएको छ । हामी नीति नै ल्याएर अघि बढ्छौँ । सामाजिक सास्कृतिक रुपमा मात्र नभएर अध्यात्मिक तौवरले चौतारीको ठुलो महत्व छ ।

शितल हावा मात्र होइन दैनिकिका लागि स्याउला सोतर समेत चौतारीबाटै उपलब्ध हुन्छ । आधुनिक विज्ञानले समेत सर्वाधिक अक्सिजन उपलब्ध गराउने भएकाले पनि चौतारीको फेदमा बस्दा अलौकिक आनन्द हुने पुष्टि गरेको छ । धर्म गर्नुछ भने चौतारो लगाउनु भन्ने उपदेश सुन्दै आएको अहिलेको पुस्ता नै विकासका लागि चौतारी विनासमा लागेको छ । यसले सास्कृृतिक मात्र नभएर पर्यावरण्णिय प्रवाभ समेत चुलिदै जाने निश्चित छ ।

बाटो वनाउने, विद्युत विस्तार गर्दा अरु बोट बिरुवा नासिन पुगे’दैलेखको आठविस नगरपालिकाका रमेश बडुवालले भन्नुहुन्छ–‘गाउँलाई स्वच्छ बनाउने यिनै वर पिपल हुन । धेरै रुख बुढा भैसकेका छन । अब यी बुढा रुखको विकल्पको रुखमा अरु वर पिपल हुर्काउनु पर्ने जरुरी छ ।’

‘धार्मिक आस्थासँग जोडिएको वर पिपलको प्राकृतिक र वैज्ञानिक दुवै दृष्टिकोणले महत्वपूर्ण र गाउँको पहिचानसँग जोडिएका हुनाले संरक्षण सबै तहबाट विशेष ध्यान पु¥याउन आवश्यक छ ।’

पीपल भनेको एउटा पहिचान,चिनारी र शितल दिने विरुवा मध्यकै शुद्ध वृक्ष भएको कलाकार प्रेमदेव गिरी बताउँनुहुन्छ । हिन्दु धर्ममा पीपल वृक्षको धेरै नै महत्व रहेको र यसलाई विश्व वृक्ष, चैत्य वृक्ष अथवा वासुदेवको नामले समेत पनि चिनिन्छ,’ उहाँले भन्नुभयो, ‘पीपल भनेको एउटा आँगन हो पीपलले सार्वजनिक ठाउँ र बाटोघाटोको शोभा बढाएर शितलता दिएको वृक्षलाई संरक्षण गर्नु सबैको साझा दायित्व रहन्छ ।’

वर पिपल चौतारी गाउँ शरहरका कुलर
वर पीपल चौतारी गाउँ शहरको कुलर, एसि जस्तै रहेको र यसको संरक्षणमा ध्यान दिनुपर्ने प्रदेश आयुर्वेदिक अस्पताल तथा अनुसन्धान केन्द्र कर्णाली प्रदेशका निमित्त प्रमुख डाक्टर संकर रिजाल बताउनुहुन्छ । ‘हामीले आधुनिकताको नाममा पुराना राम्रो अभ्यास भुल्न थाल्यौं भने के हुन्छ ? गाउँका पिपल चौतारा हाम्रा एसि, कुलर हुन,’ उहाँले भन्नुभयोे,‘वर पिपलको संरक्षणमा कार्यक्रम गर्न जुरुरी छ ।’

हाम्रा जति पनि वेद पुराण ग्रन्थहरुमा धार्मिक र साँस्कृतिक हिसाबले आयुर्वेद्धिक उपचारको दृष्टिकोणले निकै महुत्वपुर्ण रहेको रिजालको भनाई छ ।

कुनै जुगजमाना थियो । धर्म कमाउनको लागि बाजे बराजुले डाडामा बर पिपल रोप्ने चलन थियो । तर, पछिल्लो ससम त्यो चलन लोप हुँदै गएको छ । अहिलेको पुस्ताले पहिलेको पुस्ताले रोपेका त्यस्ता धार्मिक लगायत विभिन्न महत्व बोकेका चौतारीहरु मास्नलाई प्रतिस्पर्धा भइरहेको छ । समयमै यस्ता चौतारीको संरक्षणमा स्थानीय, प्रदेश र संघ सरकारले बेलैमा ध्यान पु¥यान आवश्यकसस्ँगै वर पिपल रोप्ने कार्यक्रम ल्याएर वर पिपलको चौतारा बिस्तार गर्न आवश्यक छ छ । वर पिपलको चौतारा विस्तार गर्ने कार्यमा संलग्न व्यक्तिलाई प्रोत्साहन समेत गर्न आश्यक छ ।

बरको बोटलाई दिर्घजीवी मानिएको छ । हिन्दू धर्म संस्कृतिमा बरको बोटलाई पूज्य मानिएको बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक डा. राम बहादुर बोहरा बताउँनुहुन्छ । उहाँका अनुसार अलग–अलग देव अनुसार फरक–फरक बोट उत्पन्न भएको देखिन्छ यस बारेमा अगाडि नै भनि सकेको छु । बरको बुटाको जरामा पुजा गर्नाले फल प्राप्त हुने भनेको छ । धर्मग्रन्थमा यी दुवै बृक्षको पुजा गर्नाले सन्तान प्राप्ति हुने कुरा उल्लेख गरेको पाइन्छ । बरको बोटलाई अक्षयवटको नामले प्रसिद्ध छ ।

हिन्दु धर्ममा पीपल वृक्षको धेरै नै महत्व छ । यसलाई सबै वृक्ष भन्दा शुद्ध अथवा पूजनीय मनिन्छ । यसलाई विश्व वृक्ष, चैत्य वृक्ष अथवा वासुदेवको नामले पनि चिनिन्छ । हिन्दु दर्शनमा लेखिएको छ कि पीपलको पत्तामा देवताको नाम हुन्छ, खास गरेर विष्णु भगवानको वास हुन्छ । शनिवारको दिन शनिदेवको साथ पिपलको पुजा गरिन्छ । भनिन्छ पिपलको पुजाले काममा सफलता मिल्छ ।

यस्तो छ वैज्ञानिक कारण
प्रायः बोटविरूवामध्ये बर पिपल र स्वामीले अक्सिजन फाल्ने गर्छ । अक्सिजनको आपूर्ति गर्नमा यिनै तिनवटै रूखको ठुलो भूमिका रहेको बताइएको छ । रूखले अर्को महत्वपूर्ण काम रातमा अक्सिजन लिन्छ त्यही भएर रातमा बोट बिरूवाको तल नसुत्नु भनेको छ । तर वैज्ञानिहरूको अनुसार पीपल एकमात्र यस्तो वृक्ष हो जो जसले २४ घन्टा अक्सिजन छोड्छ । त्यसैले पिपलको नजिक जाँदा रोग निको हुन्छ र शरीर स्वस्थ रहन्छ । त्यसैले पिपलको पुजा गरिन्छ ।

धार्मिक कारण
पीपलको वृक्षको पूजा गर्नुको पछडि रोचक धार्मिक कारण पनि छ । श्रीमद्भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नु भएको छ कि ‘अश्वत्थः सर्ववृक्षाणाम, मूलतो ब्रहमरूपाय मध्यतो विष्णुरूपिणे, अग्रतः शिवरूपाय अश्वत्थाय नमो नमः’ यानी म वृक्षमा पीपल हुँ । पीपलको मूलमा ब्रह्माजी, मध्यमा विष्णुजी वा अग्र भागमा भगवान शिवजी साक्षात रूपले विराजित हुनुहुन्छ ।

हिन्दु परम्परामा पनि वृक्षलाइ देवताको रुप मानेर पूजा गरिन्छ । यस कारणले पीपललाइ देवता मानेर पिपलको पुजा गरिन्छ । पीपलको रुखमा नियमित रुपले जल चढाउदा मनोकामना पूर्ति हुन्छ । शत्रुको नाश हुन्छ । सुख संपत्ति, धन–धान्य, ऐश्वर्य, संतान सुखको पनि प्राप्ति हुन्छ । यसको पूजाले ग्रह दोषको पनि निवारण हुन्छ । शनिवारको दिन पीपलको वृक्षको पूजा गर्दा जीबनमा आई लागेको सबै दुस्ख परेशानी दूर हुन्छ ।

यसरी तिनवटै रूखसंगै रोप्ने परम्परा सदियोंदेखि चल्दै आएको छ । अहिले नेपालमा बरपिपल र स्वामी मास्ने काम भइरहेको देखिन्छ । बर पिपलको आयुर्वेदमा ठूलो प्रयोग हुदै आएको छ । यसबाट थुप्रै औषधी बनाउने गरेको पाइन्छ । हामीले धर्मशास्त्रलाई नमानेपनि यसको महत्वलाई मानेर रोप्दा लोक कल्याण हुने देखिन्छ ।

-जितेन्द्र थापा

प्रतिक्रिया