विराटनगर,२९असार । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला सबै समुदायका भाषा,संस्कृति, संरक्षण गरेमा मुलुकको समृद्धि झल्किने बताउनु भयो ।
रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपाल र तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम खारजी विराटनगरद्वारा आज यहाँ आयोजित तीन दिने रेडियो नेपालको समावेशी प्रशारणमा समुदायको सहभागिता विषयक अन्तरक्रिया एवं समावेशी कार्यक्रम÷ समाचार उत्पादन तथा प्रशारण र डिजिटल प्रविधिको प्रयोग सम्बन्धी तालीमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको छ।
प्रमुख कोइरालाले जनताले सूचनाको आधिकारिक समाचारकोे स्रोतको रुपमा रेडियो नेपाललाई लिने गरेकोले यस क्षेत्रमा वसोवास गर्ने विभिन्न समुदायको भाषामा समाचार लगायत अन्य कार्यक्रम कार्यक्रम प्रशारण गर्न आग्रह गर्नु भयो ।
रेडियो नेपाल प्रसार विकास समितिका निर्देशक पुष्करराज गौतमले रेडियोले समावेशी सिद्धान्त अङ्गालेको कारण विभिन्न भाषाभाषीलाई देश विकासको मूल प्रभावमा ल्याउन सहयोग पुगेको धारणा राख्नु भयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका केशवराज सेवेदीले तालीमले सत्य परक सामाग्री उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त्त गर्नु भयो ।
रेडियो नेपाल प्रादेशीकक प्रशारण केन्द्र धनकुटाका प्रमुख उद्धवसिंह ढाँट क्षेत्री,तालीम प्रमुख जनार्दन विष्ट र नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका सभापति लिला बल्लभ घिमिरेले रेडियोले स्थानीय भाषामा स्वास्थ्य लगायत विज्ञापन प्रशारण गर्नु पर्नेमा जोड दिनु भयो ।
तीन दिने तालीममा कोशी प्रदेशका १४ जिल्लाका थारु पूर्वेली, राई वान्तावा लिम्वु भाषामा कार्यक्रम, समाचार उत्पादन तथा प्रशारण र डिजिटल प्रविधिको प्रयोग सम्बन्धमा एक सय जनालाई तालिम प्रदान गरिने भएको छ।
प्रतिक्रिया