विराटनगर,२७ असार । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड विराटनगरले आफ्नो वाह्रैं स्थापना दिवसको उपलक्ष्यमा आज यहाँ चार जना सञ्चारकमीहरुलाई विभिन्न पुरस्करबाट सम्मान गरेको छ।
संस्थाले तोरेन्द्रमान –इन्दिरा प्रधान प्रेस स्वतन्त्रता पत्रकारिता पुरस्कारबाट राससका पूर्व प्रधान सम्पादक प्रमोद प्रधान रु ५१ हजार र ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट नवराज कट्टेल रु ५० हजारबाट पुरस्कृत गरेको छ।
यसैगरी मेम्वर चन्द्रलाल– दुर्गादेवी दाहाल सञ्चार श्रमजिवी पत्रकारिता पुरकारवाट सन्तोष सिग्देललाई रु २१ हजार र पूर्व राससकर्मी मीना श्रेष्ठद्वारा स्थापित परिश्रमि महिला पत्रकारिता पुरस्कारवाट रन्जिता पोखरेल रु १० हजारबाट पुरस्कृत हुनु भएको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पुरस्कार वितरण गर्दै पुरस्कारवाट सञ्चारकर्मीहरुमा हौसला प्रदान गरेको चर्चा गर्दै नगरद्वारा सञ्चालित सरसफाई अभियानलाई सञ्चारकर्मीहरुले जनचेतना जागृत गराउन आग्रह गर्नु भयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले असल नियतले गर्ने कार्यमा भएका त्रुटिहरु आगामी दिनमा सुधार गर्दै लैजानु पर्नेमा जोड दिनु भयो ।
सहकारीका अध्यक्ष दिपक दाहाल, पुरस्कृत व्यक्तित्व प्रमोद प्रधान,संस्थापक अध्यक्ष मोहन भण्डारी, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे,चिना थापा र महाप्रसाद खतिवडाले सहकारीले मोरङमा रहेका सञ्चारकर्मीहरुको अभिलेखकरण गर्ने जानकारी दिनु भयो ।
प्रतिक्रिया