गोर्खाज र तिनका परिवार एनआरएनए यूकेको सदस्य किन बन्ने ?

इनेप्लिज २०८० असार २७ गते २:४२ मा प्रकाशित

नेपालका राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमारणीकरण भइ नागरिकता ऐन कार्यान्वयनको प्रक्रिया अगाडि बढेको छ ।

तर एनआरएनए नागरिकताका नाममा नेपाल सरकारले विशेष गरि गोर्खाहरुलाई चरम अन्याय गरेको महशुस एनआरएनए यूकेले गरेको छ ।

नेपाल सरकारसंग हाम्रो वंशजको नेपाली नागरिकता निरन्तरताको माग पुरा गर्न नेपाल सरकारले मान्यता दिएको विदेशमा रहेका नेपालीहरुको एक मात्र संस्था एनआरएन भएकोले एनआरएनए यूकेले वंशजको नेपाली नागरिकता निरन्तरता अभियान अगाडि बढाएको हो ।

नागरिकता विधेयक प्रमाणीकरण भइ नागरिकता ऐन कार्यान्वयनको प्रक्रिया अगाडि बढेपछि नेपालमा अहिले एक सातामा ४ लाख भन्दा बढीले नागरिकता लिइसकेका छन् । अब हाम्रो देश सिक्किम र फिजी जस्तो हुन लागेको हुँदा वंशजको नेपाली नागरिकता निरन्तरता संगसंगै देश वचाउने अभियानमा एनआरएनए यूके लागेको यहांसमक्ष स्मरण गराउंछौं ।

ब्रिटिश गोर्खाहरु सन् १९४७ को सन्धिअनुसार नेपाल सरकारले नै भर्ती गरेर पठाएकाले बेलायत, सिंगापुर र हङकङमा सेवा गर्न एक आएका हौं । नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशमा बसोबास गरेका नेपाली सहित गोर्खा परिवार लगायत सबै अन सर्भिस गोर्खाजहरुलाई पनि एनआरएन बनाई दियो । नेपाल नागरिकता ऐन २०६३ को दफा १० उप दफा १ मा रहेको व्यवस्थाले गोर्खाहरुलाई समस्यामा पारेको हजुरहरु समक्ष अवगत गराउन चाहन्छौं ।

नेपालको नागरिकता ऐन २०६३ को दफा १० को उपदफा (१) अन्तर्गत उक्त ऐनको उक्त दफामा कुनै नेपाली नागरिकले आफूखुशी कुनै अर्को देशको नागरिकता लिनासाथ निजको नेपाली नागरिकता कायम रहने छैन भन्ने व्यवस्था छ । त्यसकारण गोर्खाहरुको समस्या समाधानका निम्ति नेपालको नागरिकता ऐन २०६३ को दफा १० को उपदफा (१) अन्तर्गत जे लेखिएपनि सन् १९४७ को त्रिपक्षीय सन्धिअन्तर्गत बेलायती सेनामा सेवा गरेका गोर्खा र निजको सन्ततिहरुको हकमा भने नेपाली नागरिकता कायमै रहने छ भनेर संशोधन गरिदिन नेपाल सरकारलाई हामी विनम्र अनुरोध गर्दछौं ।

नेपाल सरकारसंग हाम्रो वंशजको नेपाली नागरिकता निरन्तरताका लागि हामी र हाम्रो सन्ततिहरुलाई बन्चित नगरिओस् भनेर आफ्नो अधिकार लिनका लागि यो नन पोलिटिकल संस्था एनआरएनए यूकेले निशुल्क अनलाइन सदस्यता खुल्ला गरेको छ ।

आगामी १५ जुलाई २०२३ सम्म अनलाइन सदस्यता खुल्ला गरिएको छ । एनआरएनए यूकेको आधिकारिक पोर्टलमार्फत सहजै संघको सदस्यता नवीकरण वा नयाँ बन्न सकिने र यसवापत कुनै शुल्क नलाग्ने जानकारी एनआरएनए यूके यहांसमक्ष दिन चाहन्छ।

म यो इमेलसाथ विश्वास दिलाउन पनि चाहन्छु कि हाम्रा सदस्यहरुको डेटा बेलायतको सर्वरमा राखिनेछ, आइसीओमा दर्ता गरिएको छ । ‘डेटा प्रोटेक्सन एक्ट’ को अधिनमा रहेर सदस्यता खुलाइएकाले सदस्यहरुका व्यक्तिगत विवरण गोप्य राखिने छ । त्यसकारण कृपया तपाईं र तपाईंको परिवारहरुलाई ढुक्कसँग निशुल्क सदस्य बन्न प्रेरित गर्नुहुन एनआरएनए यूके हार्दिक अपिल गर्दछ ।

प्रेम गाहामगर,
अध्यक्ष
एनआरएनए यूके,

प्रतिक्रिया