न्यूयोर्कबाट आफूलाई स्वतन्त्र उम्मेदवारको घोषणा गर्दै प्रकाश शर्माले एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी दिएका छन् । अमेरिकामा दुईवटा गुटबाट समूह सहित विभिन्न राज्यहरुको चुनाव प्रचारको लागि भेटघाट र भ्रमण गरि रहेको बेलामा उनले आफूलाई स्वतन्त्र उम्मेदवारको रुपमा आफूलाई प्रस्तुत गर्नुको साथै सबैलाई मतदान गर्न आह्वान गरेका छन् ।
उनले भाषणमा हैन काममा विश्वास गरौ भन्दै सबैलाई आफू युवाको प्रतिनिधित्व र स्वयम् युवा नै भएकोले युवालाई अगाडि बढाउन सहयोग र मद्धत गर्नु हुनेछ भने नेपाली समुदाय प्रति विश्वास गरेका छन् ।
उनि गण्डकी प्रदेश धौलागिरि अञ्चल पर्वत जिल्ला करातेका राष्ट्रिय खेलाडी पनि हुन् । साथै पर्वत समाज न्यूयोर्क कार्य समितिका महासचिव पनि हुन् । उनले सामाजिक संजाल मार्फत एनआरएनए अमेरिकाको नेतृत्व र अन्य पदमा जान कसैको पुच्छर समात्नु पर्ने र घीनलाग्दो राजनीतिको अन्त्य र एनआरएनए मा रुपान्तरण हुनु पर्ने कुरामा जोड दिएका छन् ।
उनले आफ्नो उमेर २६ बर्ष भएको खुला रुपले सार्वजनिक रुपमा घोषणा गर्दै २०२३ -२०२५ को लागि बोर्ड अफ डाइरेक्टर (संचालक समिति सदस्य )को लागि आफ्नी उम्मेदवारी दिएको जनाएका छन् ।
हाम्रालाई हैन राम्रालाई मत दिऔ र केही गर्छु भन्नेलाई अगाडी बढाऊ भनि सबैमा आग्रह गरेका छन् ।
उनले जोश र जाँगरले भरिएको युवालाई अगाडि बढाउनु हुनेछ भन्ने विश्वासका साथ आफूले उम्मेदवारी दिएको बताएका छन् ।
प्रतिक्रिया