कांग्रेस पार्टीमा देखिएको ‘नेतृत्व जाम’ले बद्लिएको राजनीतिक र सामाजिक परिवेशमा न नयाँ सपनाको खोजी गर्न सक्यो न त उत्प्रेरणाको नवीन स्रोत नै पहिल्याउन सक्यो । पहिल्यायो त केवल सत्ता प्राप्तिको माखेसाङ्लो । यही माखेसाङ्लोको ‘चक्रव्यूह’मा आज पार्टी नराम्रोसँग रुमल्लिन पुगेको छ ।पार्टी विधानले देउवालाई अब पार्टी सभापति लड्न रोके पनि पार्टीको महाधिवेशन नै रोकेर संसदीय निर्वाचनको टिकट उनैद्वारा वितरण गरियो भने कांग्रेसको अवस्था के होला ?आजकै गठबन्धन कायम रहे र गठबन्धनबीच गरिएको भनिएको सम्झौता अक्षरसः पालना भए २०८२ सालमा देउवा प्रधानमन्त्री बन्नेछन् । २०८३ सालमा कांग्रेसको महाधिवेशन हुँदा उनले कांग्रेसभित्रका मतदाता प्रभावित पारेर कस्तो नेतृत्व ल्याउलान्, जगजाहेर नै छ।उनैको अनुहार हेरेर २०८४ सालको आमनिर्वाचनमा कांग्रेसलाई भोट दिने जनता कति होलान् ? देउवाकै ‘लिडरसिप’ हेरेर कांग्रेसलाई भोट दिनुस् भनेर तथा चुनाव लड्न जनताका बीच कांग्रेसका नेता जानसक्ने परिस्थिति रहला, नरहला भन्ने अवस्था कांग्रेस नेतृत्वका सामू पहाड भएर उभिनेछ।
हुन पनि कांग्रेसमा नेतृत्व हस्तान्तरणको विषय नराम्रोसँग जाम हुन पुग्यो । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग संसदीय दलमा निर्वाचन लडिसकेका शेरबहादुर देउवा युवा पुस्ताका नेता ‘गगन’सँग पनि चुनाव लडिराखेका छन् । अझ, उदेकलाग्दो कुरा आफूलाई कांग्रेस रुपान्तरणसहित पुस्तान्तरणमा लैजानुपर्छ भन्ने युवा नेताहरुले समेत उनै देउवालाई संसदीय दलमा लामबद्ध हुँदै भोट हालेर उल्टै फोटोसमेत खिचाएर पेस गर्दैछन् ।कांग्रेसमा नेतृत्वको जाम भएको थिएन भने नेपाली राजनीतिमा कि ‘रवि-बालेन’को जन्म हुने थिएन कि त ‘रवि-बालेन’ नै कांग्रेसमा हुने थिए ।शेरबहादुर देउवा नबोलीकनै आफू जित्छन् काँग्रेसलाई हराएर भएपनि । बहसमा जाने क्षमता छैन । झिनामसिना आलोचनामा अलमलिन्नन्, जाइलाग्दैनन् । सत्तोसराप गर्दैनन् । उनको ठूलो कमजोरी भनेको सत्ताको लागि जुनसुकै सम्झौता गर्न नहिच्किचाउने हो ।यिनले ‘प्रजातन्त्र जोगाउन’ भन्दै प्रतिनिधिसभा राजालाई बुझाएनन् कि ‘प्रजातन्त्र जोगाउन’ माओवादीसँग लड्न पर्यो भनी जर्ज बुशसँग हतियार मागेनन् कि ‘प्रजातन्त्र जोगाउन’ भनी तिनै माओवादीसँग मिलेर चुनाब लडेनन् कि ? ‘प्रजातन्त्र जोगाउन’ सांसदलाई बैंकक लगेनन् कि, के पो गरेनन् ? अनि उनि देशकै ‘प्रजातान्त्रिक’ दलका सभापति । उनै पाँच पटक प्रधानमन्त्री । उनको यो मतिबाट क्षति भने नेपाली कांग्रेसले मात्र नभई देशले नै भोग्दै आएको छ दुई दशकदेखि । अब भने उनलाई दलभित्रै थुप्रै चुनौती देखिन्छन् । दलभित्र उनको खुलेरै आलोचना हुन्छ । उनकी पत्नी आरजु देउवा पनि उत्तिकै विवादित छिन् । पार्टीको नेतृत्वबाट देउवादम्पतीको गमनले मात्र पनि कांग्रेसलाई गहकिलो सफलता दिनेछ ।
नेपाली कांग्रेस कृयासिलसदस्य बेद प्रसाद घिमिरे
प्रतिक्रिया