प्रदेश प्रमुख खापुङ्गद्वारा– प्रदेश मुख्य न्यायाधिवक्त्ताको राजीनामा स्विकृत

इनेप्लिज २०८० असार २५ गते २३:०२ मा प्रकाशित

विराटनगर,२५ असार । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले दिनु भएको राजीनामा आज स्विकृत गर्नु भएको छ।

प्रदेश प्रमुख खापुङ्गले प्रदेशका मुख्यमन्त्री उद्धव थापा मार्फत नेपालको संविधानको धारा १६० को उपधारा(४) को खण्ड(क) बमोजिम यही असार २२ गते मुख्य न्यायाधिवक्त्ताको पदबाट राजीनामा दिनु भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्दकुमार श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया