नेवा: अर्गनाईजेसन अफ् अमेरिकाद्वारा आयोजित ” ११ औं सामुहिक केयता पूजा ” भब्यताकासाथ सम्पन्न!

इनेप्लिज २०८० असार २५ गते ११:०३ मा प्रकाशित

इनेप्लीज
१० अप्रिल २०२३
वाशिंगटन डिसी

वाशिंगटन डिसी – अमेरिकाको सकृय संस्था नेवा: अर्गनाईजेसन अफ् अमेरिका ( एन० ओ० ए० ) को आयोजनामा पांच बर्ष भन्दा माथिका उमेरका नेवा: बालकहरुको ” ११ औं सामुहिक ब्रतबन्ध ( केयता पूजा ) ” भब्यताका साथ सम्पन्न भएको छ ।

राजधानी वाशिंगटन डिसी नजिकै म्यारिल्याण्डको बुरतोन्सभिल स्थित वाशिंगटन काली मन्दिरमा यही अप्रिल ८ तारिख शबिनार बिहानै ८ बजे देखी – धिमे बाजा बजाउंदै आयोजित र्यालीले मन्दिर परिक्रमा गर्दै लसकुस गरेर शुरु गरिएको ” भब्य पूजा – समारोह ” मा म्यारिल्याण्ड , भर्जिनिया , कनेक्टिकट र सिकागोका सात जना नेवा: बालकहरुको कपाल मुण्डन गरिएको थियो । बालकहरुको कपाल मुण्डन गरेपछी , नेवा: संस्कृती बमोजिमको पूजा अराधना लगायतको सम्पूर्ण बिधी पुरा गरेर – नेवा: संस्कृतिविद् / अमेरिकामा चर्चित नेवा: पूरोहित बसभ राजोपाध्याले नेवा: बालकहरुको सामुहिक ब्रतबन्ध ( केयता पूजा ) सम्पन्न गरिदिएका हुन् ।

अमेरिकामा नेवा: संस्कृती संरक्षणको लागी बिगत बाईस बर्ष देखी नै नेवा: अर्गनाईजेसन अफ् अमेरिका ( एन० ओ० ए० ) सकृय रहेको अध्यक्ष महिन्द्र प्रधानले जानाकारी गराए ।

प्रतिक्रिया