कोशी प्रदेश मन्त्रिमण्डल विस्तार– कार्यविभाजन

इनेप्लिज २०८० असार २४ गते १५:२१ मा प्रकाशित

विराटनगर,२४ असार । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले आज तीन जनालाई मन्त्री पदको सपथ ग्रहण गराउनु भएको छ।

प्रदेश प्रमुख खापुङ्गले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेशका मुख्यमन्त्री उद्धव थापाको सिफारिशमा यही असार २२ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा १६८ को उपधारा(९) वमोजिम नियुक्ति, हेरफेर र कार्यबिभाजन गरी जीवन आचार्य आर्थिक मामिला तथा योजना मन्त्री, राजेन्द कार्की मन्त्री जिम्मेवारी पछि तोकिने र रामकुमार खत्री मन्त्री जिम्मेवारी पछि तोकिने गरी पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ।

प्रदेशको बर्तमान मन्त्रिपरिषदको कार्य बिभाजन निम्न अनुसार रहेको छ ।


उद्धव थापा मुख्यमन्त्री मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय, पर्यटन वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहेको छ।

यस्तै जिवन आचार्य मन्त्री आर्थिक मामिला तथा योजना मन्त्रालय, कमलप्रसाद जबेगू मन्त्री जिम्मेवारी पछि तोकिने, प्रदीपकुमार सुनुवार मन्त्री जिम्मेवारी पछि तोकिने, राजेन्द्र कार्की जिम्मेवारी पछि तोकिने र रामकुमार खत्री जिम्मेवारी पछि तोकिने रहेको छ।

प्रतिक्रिया