जनकपुरकी आरतीको हत्या की आत्महत्या ? यसो भन्छन् माइती पक्ष हेरिहाल्नुहोस

इनेप्लिज २०८० असार २४ गते ३:१५ मा प्रकाशित

जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक बस्ने मोतीबाबु साहका श्रीमती २४ वर्षीय आरतीको आइतबार साँझ रहस्यमय मृत्यु भएको हो । झण्डै दुईवर्ष अघि मात्र विहे भएको आरतीको हत्या भएको माइत पक्षले दावी गरेको छ ।

आइतबार साँझ ७ बजे झुण्डेर आत्महत्या गर्यो भनेर घरपरिवारले प्रहरीलाई खबर गरेका थिए । धनुषाका प्रहरी पवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार जनकपुरधामको काव्या हस्पिटलबाट आरतीको शव नियन्त्रणमा लिएको थियो ।

सोमबार प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम पश्चात आरतीको शव माइत पक्षलाई प्रहरीले जिम्मा लगाएको छ । छोरीको हत्या गर्ने दोषीलाई पक्राउ तथा किटानी जाहेरी दर्ता गर्नु पर्ने माग गर्दै माइत पक्षले सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय अगाडी शव राखेर प्रदर्शन गरेका छन् ।

दबाब पश्चात प्रहरीले श्रीमान ३२ वर्षीय मोतीबाबु साह र ससुरा मदन महोन साहलाई प्रहरीले पक्राउ गरेको छ । दुबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता गौतमले बताए । प्रहरीले जाहेरी पनि लिएको छ । प्रहरी प्रवक्ता गौतमले पोस्टमार्टम रिपोर्ट नआएसम्म घटना हत्या वा आत्महत्या हो भन्ने प्रष्ट नहुने बताए ।

आरतीका भाई प्रेम साहका अनुसार आइतबार साँझ छोरी सिढीबाट खसेर गम्भीर घाइते भएर उपचारको लागि काव्या अस्पताल भर्ना गरियो भनेर ससुरा पक्षले माइत पक्षलाई खबर गरेका थिए । आफूहरु आएपछि आरतीको मृत्यु भइसकेको गर्धन र अनुहारमा कतैकाही डाम देखिएकाले हत्या नै गरिएको भाइ प्रेमको दावी छ ।

नगराइन नगरपालिका ८ खिरखिरियाका विनोद साहकी छोरी आरतीको २९ असार २०८७ मा साविक धनुषाका मथलेश्वर बस्ने र हाल जनकपुरधाम उपमहानगरपालिका ९ बस्ने मदनमोहन साहका छोरा मोतीबाबुसित सामजिक परम्परा अनुसार भएको थियो । त्यतिबेला २५ लाख रुपैयाँ दाइँजो र नगद सुनचाँदी गरगहना गरी ४० लाख रुपैयाँ माइत पक्षले आरतीको विवाहमा खर्च गरेको भाइ प्रेमले सुनाए । सम्पन्न परिवारका मोतीबाबुले त्यतिबेला गाडी लिएनन् । उनको आफ्नै गाडी छ । पछि आएर थप दाइजो माग्ने र त्यसको लागि पटक पटक झैझग्डा तथा कुटपिट जस्ता यातना दिदी आरतीलाई दिँदै आएको र अन्तमा हत्या नै गरेको प्रेमको दावी छ ।

‘पछिल्लो समय थप दाइजो माग्ने र त्यस निहुमा दिदीलाई कुटपिट हुँदै आएको थियो । विवाद पश्चात माइत आएकी मेरी दिदीलाई ११ दिन अघि मात्रै ससुरा पक्षले लगेको थियो । र अन्तमा हत्या नै गरिदियो’ प्रेम सुनाउँछन् ।

https://www.youtube.com/watch?v=4lUs35WQLVA

प्रतिक्रिया