एएनएका नव निर्वाचित वरिष्ठ उपाध्यक्षमा विजय श्रेष्ठद्वारा समुदाय प्रति कृतज्ञता

इनेप्लिज २०८० असार २२ गते १३:४२ मा प्रकाशित

एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज (ए.एन.ए. )मा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका सामाजिक अभियन्ता विजय श्रेष्ठले समुदाय प्रति कृतज्ञता ज्ञापन गरेका छन् ।

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएका व्यवसायी बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)का पूर्व अध्यक्ष तथा बिभिन्न संघ/संस्थामा आबद्ध रहेका छन । उनि गत जुलाई १ र २ का दिन कोलोराडोमा सम्पन्न ४० औ एएनए सम्मेलनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

संघ/संस्थामा लामो अनुभव रहेका श्रेष्ठले डिसी महानगर क्षेत्रमा रहेका बिभिन्न सामाजिक कार्यमा अहम भूमिका निर्वाह गर्दै आएका छन् । उनले हालसालै निर्वाचित भए पछि आफूमा थप जिम्मेवार आएकोमा गर्व गर्दै समुदायले गरेको विश्वास र सहयोगलाई कहिले पनि निरासा नबनाउने उनले ईनेप्लिजलाई बताए ।

यो मेरो लागि ठूलो अवसर हो भन्दै नव निर्वाचित अध्यक्ष खगेन्द्र अधिकारीको नेतृत्वमा आफू त्यही समुहमा रहन पाउनु हर्षको कुरा भएको बताए । एएनएलाई उच्च स्थानमा पुर्याउन हामी सबै मिलेर काम गर्ने प्रतिबद्धता जाहेर गर्दै अमेरिकामा रहेका नेपाली समुदायहरुको साथ र सहयोग हुने कुरामा आफू निर्धक्क भएको सन्देश ईनेप्लिज मार्फत दिन चाहेको बताए ।

उनले हामी बीच थुप्रै चुनौतीहरु छन् । अब यो संस्थालाई आमूल परिवर्तन र एउटा गरिमामय संस्था बनाउन अहोरात्र खट्न आफूले समय निकाल्ने बताए । उत्तर अमेरिकाकै ४० बर्ष पुरानो यो संस्थाले समुदायमा थुप्रै उल्लेखनीय काम गरि सकेकोछ भने अब आउदा दिनमा यो संस्थाको माध्यमद्वारा यस्ता कार्यक्रमहरु लिएर आउने कुरामा आफूहरु दृढ रहेको जनाए ।

पुन एक पटक आफूलाई यो पदमा बिजयी गराउन भूमिका निर्वाह गर्ने अग्रज,कार्यकारी समिति तथा नेपाली समुदाय प्रति नमन गर्न चाहेको बताए ।

प्रतिक्रिया