सबै दलको सहमतीमा वर्तमान सरकारले विश्वासको मत प्राप्त गर्ने– मुख्यमन्त्री थापा

मनोज दाहाल २०८० असार २२ गते ११:१८ मा प्रकाशित

विराटनगर ,२२असार । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाले सबै दलले वर्तमान सरकारलाई विश्वासको मत दिन बताउनु भयो ।

मुख्यमन्त्रीको सपथ ग्रहण समारोह पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आगामी एक महिना भित्र प्रदेश सभामा रहेका सबै राजनैतिक दलको सहमतीमा सरकारले विश्वासको मत प्राप्त गर्ने स्पष्ट पार्नु भयो।

नव नियुक्त मुख्यमन्त्री थापाले गठबन्धन दलको सहमतिमा वनेको यो सरकारले जनताको विकास र समृद्धिको चाहनालाई पुरा गर्ने हिसाव अनुसार काम गर्ने विचार राख्नु भयो ।

उहाँले भन्नु भयो ‘संविधानको मुल्य र मान्यता अनुसार यो सरकार गठन भएको हो ’ ।

मुख्यमन्त्री थापाले आज पहिलो चरणमा दुईजना मन्त्री नियुक्त भएपनि केही दिनमा मन्त्रीमण्डलले पूर्णता पाउने धारणा राख्नु भयो ।

उहाँले गठबन्धन दलहरुको सहमतीमा मन्त्रिमण्डल विस्तार गर्नुका साथै मन्त्रालयको सङख्या वृद्धि नगर्ने बताउनु भयो ।

मुख्यमन्त्री थापाले प्रदेशलाई समृद्धि बनाउन सबैको सहयोग र सहकार्यका साथ वर्तमान सरकारले कार्य गर्ने स्पष्ट पार्नु भयो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया