कोशी मुख्यमन्त्री थापा –सपथ ग्रहण समारोह

इनेप्लिज २०८० असार २२ गते ११:०० मा प्रकाशित

विराटनगर, २२ असार । कोशी प्रदेशका नवनियुक्त्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनियताको सपथ लिनु भएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम नियुक्त्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख परशुराम खापुङ्गले पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।

यसैगरी, नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम नियुक्त्त मन्त्रीद्वय कमलप्रसाद जवेगु र प्रदीपकुमार सुनुवारलाई प्रदेश प्रमुख खापुङ्गले सोही समारोहमा पद तथा गोपनियताको सपथ गराउनु भएको छ ।

नव नियुक्त्त मन्त्रीलाई पछि कार्य विभाजन हुने सोही समारोहमा जानकारी दिइएको छ ।

प्रतिक्रिया