स्कटल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स विश्वकपमा

इनेप्लिज २०८० असार २२ गते १:२८ मा प्रकाशित

काठमाडौं, स्कटल्याण्डलाई ४ विकेटले हराउँदै नेदरल्याण्ड्स विश्वकपमा छनोट भएको छ ।

जिम्बाव्वेको बुलवायोमा भएको आइसिसी विश्वकप छनोट प्रतियोगितामा स्कटल्यान्डमाथि ४ विकेटको जीत निकालेसँगै नेदरल्यान्ड्स एकदिवसीय विश्वकपका लागि छनोट भएको हो ।

सुपरसिक्सबाट दुई टिम विश्वकपमा पुग्ने प्रावधानअनुरुप नेदरल्यान्ड्स दोस्रो भयो। सुपर सिक्समा नेदरल्यान्ड्सले ५ खेलबाट ६ अंक जोड्दै शीर्ष दुई स्थान हात पार्‍यो।

४० ओभरको खेल सकिँदा ५ विकेटको क्षतिमा २३३ रन जोडेको नेदरल्याण्ड्सले ४१औं ओभरमा २२ र ४२‍औं ओभरमा २० रन बनाएको थियो ।

पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २७७ रन बनाएको थियो । स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलनले १०६ तथा कप्तान रिचे बेरिङटोनले ६४ रन बनाए ।

चार खेलबाट ८ अंक जोडेको श्रीलंका यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । विश्वकप क्रिकेट आगामी अक्टोबर नोभेम्बरमा भारत आयोजना हुँदै छ ।

प्रतिक्रिया