अमेरिकाको आयोवाका किशोरहरुले खराब दर्जा (ब्याड ग्रेड )दिएको कारण स्पानेली शिक्षकको हत्या गरेको आरोपमा आजीवन कारावासको सजाय अदालतले सुनाएको छ।
सिबिएसन्यूजका अनुसार आयोवाका दुई किशोरहरूमध्ये पहिलो जसले आफ्नो उच्च माध्यमिक बिद्यालयमा पढाउने स्पानेली शिक्षकलाई बेसबलको मुङ्ग्रो (ब्याट)ले कुट्दा मृत्यु भएको थियो । दुवैलाई बिहीबार ३५ वर्ष कारावासमा ( सजाय माफी )प्यारोलको सम्भावनाको साथ आजीवन सजाय सुनाइएको छ ।
सात घण्टाभन्दा बढी चलेको सुनुवाइपछि न्यायाधीशले विलार्ड मिलरलाई सजाय सुनाएका हुन्। मिलर र अर्का किशोर जेरेमी गुडेलले अप्रिल २०२१ मा नोहेमा ग्रेबरलाई आक्रमण गरेको स्वीकार गरेका थिए। फेयरफिल्डको एउटा उद्यान (पार्क)मा नियमित दिउँसो हिँड्ने क्रममा ६६ वर्षीया शिक्षिकालाई कुटपिट गरिएको थियो ।
सजाय सुनाउनु अघि, मिलरले बिहीबार अदालतमा उनले हत्याको जिम्मेवारी स्वीकार गरे र ग्रेबर परिवारसँग माफी मागे।
“म आफ्नो कार्यको लागि सबैभन्दा पहिले परिवारसँग माफी माग्न चाहन्छु,” उनले भने। “मैले तपाईहरुलाई दिएको पीडा र तपाईहरुको परिवारको विनाशको लागि म इमानदारीपूर्वक माफी चाहन्छु।”
मिलर र गुडेलले नोभेम्बर २, २०२१ मा ग्राबरलाई एउटा उद्यान (पार्क)मा मारेका थिए जहाँ शिक्षक नियमित रूपमा बिद्यालय पछि हिँड्थिन ।
अभियोजकहरूका अनुसार किशोरहरू त्यतिबेला १६ वर्ष उमेरका थिए, ग्रेबरसँग रिसाएका थिए किनभने उनले मिलरलाई खराब दर्जा (ग्रेड)दिएकी थिइन् ।
गुडेलको सजाय अगस्तमा तोकिएको छ, तर उनका वकिलहरूले सुनुवाईमा ढिलाइको माग गरेका छन्।
प्रतिक्रिया