अमेरिकी खाद्य तथा औषधि प्रशासन -एफडिए ( फुड एण्ड ड्रग एडमिनिष्ट्रेसन) ले अल्जाइमरको रोगलाई सुस्त गर्ने पहिलो औषधि अर्थात् सुईलाई स्वीकृति प्रदान गरेको छ । एफडिएले लेकेम्बी नामक सुईलाई स्वीकृत दिएको छ । एफडिएले बिहीबार अल्जाइमरको औषधि लेकानेमबलाई परम्परागत स्वीकृति प्रदान गरेको छ । जसको व्यापारिक (ब्रान्ड) नाम लेकेम्बी रहेको छ ।
अल्जाइमर रोगको अन्तर्निहित रोग प्रक्रियालाई लक्षित गर्ने औषधिले यस विनाशकारी रोगमा क्लिनिकल(रोग बिषयक) फाइदा देखाएको छ,” एफडीएक औषधि मूल्याङ्कन र अनुसन्धान केन्द्रमा न्यूरोसाइन्स(स्नायुबिज्ञान)को कार्यालयका कार्यवाहक निर्देशकले टेरेसा बुराचियोले एक समाचार विज्ञप्तिमा भनिन ।
औषधि निर्माता संस्थाहरुमा आइसाइ तथा बायोजेनबाट निर्माण गरिएको लेकेम्बी पहिलो औषधि हो जुन अल्जाइमर रोगको प्रगतिलाई सुस्त बनाउन देखाइएको छ । साथै यो सुईले स्मरणशक्ति र सोचाइमा गिरावट सहितमा प्रभावकारी असर हुनेछ ।
“अल्जाइमर रोगको उपचारमा आज यो एक सफलता हो, र पहिले उपचार गर्न नसकिने रोगको लागि प्रगतिको नयाँ युगमा अग्रसर हुन पाउँदा हामी गर्व गर्छौं,” बायोजेनका अध्यक्ष र प्रमुख कार्यकारी अधिकारि क्रिस्टोफर ए भिहबाचरले एक बिज्ञप्तिमा भने ।
संस्थाले लेकम्बीलाई सकेसम्म चाँडो योग्य बिरामीहरूलाई पहुँचयोग्य बनाउने लक्ष्यका साथ आइसाइ सँगसँगै काम गर्ने उनले बताए ।
“यो औषधिले रोग निको पार्दैन । यसले मानिसहरूलाई खराब हुनबाट रोक्दैन, तर यसले रोगको प्रगतिलाई केही मात्रा रूपमा ढिलो गर्छ,” सेन्ट लुइसको वाशिंगटन विश्वविद्यालयका स्नायुरोग विशेषज्ञ (न्यूरोलोजिस्ट ) चिकित्सक जोय स्नाइडरले एसोसिएटेड प्रेसलाई गत जनवरीमा भनेका थिए ।
स्नाइडरका अनुसार महिनामा दुई पटक इन्फ्युजन(सम्मिश्रण)को आवश्यकता र मस्तिष्क सुन्निने जस्ता सम्भावित दुष्प्रभाव (साइड इफेक्ट)हरू समावेश छन्। अल्जाइमर एसोसिएसनका अनुसार टाउको दुख्ने पनि यसको नकारात्मक असर रहेको छ ।
बिमा बिना औषधिको मूल्य एक बर्षको लगभग २६,५०० डलर पर्दछ भनि एबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया