अमेरिकाको टेक्सस राज्यको ह्युसटनमा ८ वर्ष पहिले किशोर हराएको खबर गर्ने व्यक्तिले प्रहरीलाई धोका दिएको पुष्टि भएको छ भने उनी आफ्नो आमासँगै घरमा फेला प्रहरीले बताएको छ । उनि दुई कुकुरहरुसंग डुल्दै गर्दा उनि हराएको प्रहरीलाई खबर गरिएको थियो ।
रुडोल्फ “रुडी” फारियास १७ वर्षको उमेरमा मार्च ६ ,२०१५ मा हराएका थिए भनि प्रहरीलाई झुक्याईएको थियो । त्यस बखत उनका दुई कुकुरहरू अन्ततः फेला परे पनि फारियास बेपत्ता भएका थिए भनि सिविए सम्बद्ध केएचओयू-टिभा( सॅचार माध्यम)ले खवर लेखेको थियो ।
टेक्सस सेन्टर फर द मिसिङ नामक ह्युस्टनमा रहेको गैर-नाफामुखी संस्था जसले बेपत्ता व्यक्तिहरुको लागि काम गर्दछ भने सॅस्थाले फरियास गत शनिबार साझा गरिएको ट्वीटमा “सुरक्षित रहेको” पुष्टि गरेको थियो ।
प्रहरीका अनुसार एक व्यक्तिले आठ वर्ष अघि हराएको खबर गरेता पनि हराएका किशोर वास्तवमा एक दिन पछि घर फर्केका थिए । उनि आफ्नी आमासँगै थिए, जसले नक्कली नाम दिएर प्रहरीलाई धोका दिएको र गत हप्ता ह्युस्टनमा उनको खोजी गर्नु अघिका वर्षहरूमा जिद्दी गरेको प्रहरीले बिहीबार पत्रकारहरुलाई बताए ।
रुडोल्फ “रुडी” फारियास चौथो ,अहिले २५ बर्षका भएका छन् । उनि मार्च ८,२०१५ मा घर फर्केका थिए । उनी बेपत्ता भएको एक दिन पछि खबर गरिएको प्रहरी प्रमुख क्रिस्टोफर जामोराले एक पत्रकार सम्मेलनमा भने। जब ह्युस्टन अधिकारीहरूले फारियास र उनकी आमासँग त्यसबेलादेखि अन्तरक्रिया गरेका थिए, दुबैले नक्कली नाम र जन्म मितिहरू, भ्रामक चिजहरु अधिकारीहरू प्रदान गरेको उनले भने।
उनकी आमाले “रुडी अझै हराइरहेको छ भनी अडिग रहेर प्रहरीलाई धोका दिईन्,” उनले भने। जिल्ला वकिलले अनुसन्धान सक्रिय रहेको र नयाँ सुरागहरू आउँदै गरेको बताए । हामी ती सुरागहरू पछ्याउन जारी राख्ने उनले भने ।
ह्युस्टन प्रहरीद्वारा बिहीबारको अध्यावधिकको एक हप्ता पछि यो नयाँ जानकारी आएको हो । अधिकारीहरूले फारियासलाई पूर्वी ह्युस्टनको गिर्जाघर (चर्च) अगाडि सुतिरहेको अवस्थामा फेला पारेका थिए भनि जानकारी प्रहरीले दिएका थिए ।
प्रतिक्रिया