मनको कथा भन्छु भन्थे…………..

इनेप्लिज २०८० असार १९ गते २३:०१ मा प्रकाशित

मनको कथा भन्छु भन्थे भन्न पाइन
भित्री मनमा दुख लाग्यो भेट्न पाइन

सपनीमा भेटेको थिए मेरो नजिकै थियौ
कसरी भेटूँ तिमिलाई मेरो कुरा भनौँ
बर्सातको यो समयमा पनि मन सम्हालेर बसिरहे
केही कुरा भन्नु थियो भन्न नपाई मनमै रहे

सधैँ सँगै खेल्थ्यौ खुल्ला चउरमा हामी
तिमि सँग बोल्न नपाउँदा मन दुख्थ्यो मेरो पनि
भेट्न त आउनै पर्थ्यो किन टाढा भयौ
भेट्न आइनौ यो समय मनमा पिडा दियौ

सुन्दर बगैँचामा फूलेका फूलहरू हेरिरहे
कहिले देख्न पाउला भनी समय कुरी बसिरहे
यो भिडमा पनि उनलाई खोजिरहेको थिए
मेरो सुन्दर सपनामा उनलाई राखेको थिए

सम्झनामा किन रुन्छु किन मुटु दुख्यो
सपनीमा भेटेको थिए साँच्चै भेट हुने भयो

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया