ब्राजिलका प्रसिद्ध भकुण्डो खेलाडी नेमारलाई वातावरणीय अपराधमा ३५ लाख डलर जरिवाना

इनेप्लिज २०८० असार १९ गते २०:३७ मा प्रकाशित

ब्राजिलका प्रसिद्ध भकुण्डो(सकर) खेलाडी नेमारलाई वातावरणीय अपराधमा ३५ लाख डलर (३.५ मिलियन डलर )जरिवाना गरिएको छ ।

ब्राजिलका अधिकारीहरूले सोमबार नेमार द सिल्भा सान्तोसलाई दक्षिणपूर्वी ब्राजिलमा आफ्नो तटीय महल निर्माणको क्रममा वातावरणीय नियमहरू उल्लङ्घन गरेकोमा १६ मिलियन रियाल अर्थात् ३. ३३ मिलियन जरिवाना गरिएको घोषणा गरेका छन् ।

विलासिता परियोजनाले ताजा पानीको स्रोत, चट्टान र बालुवाको प्रयोग र आवागमन सम्बन्धी नियमहरू उल्लङ्घन गरेको स्थानीय अधिकारीहरूले गत महिनाको अन्तमा पहिलो पटक आरोप लगाएका थिए भने त्यसको सोमबार पुष्टि गरेका छन ।

नेमारका प्रवक्ताले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको समाचार सिएनएनले लेखेको छ ।

उनको निवास ब्राजिलको रियो दि जेनेरियो राज्यको दक्षिणी तटमा रहेको मंगारातिबा शहरमा अवस्थित छ। मङ्गारातिबाको वातावरणीय निकायले सोमबार एक विज्ञप्ति जारी गर्दै ” महलमा कृत्रिम ताल निर्माण गर्दा वातावरणीय उल्लङ्घन गरिएको बताएको छ।”

जरिवाना बाहेक मुद्दाको छानबिन स्थानीय महान्यायाधिवक्ताको कार्यालय, प्रदेश नागरिक प्रहरी र वातावरण संरक्षण कार्यालय लगायत वातावरणीय नियन्त्रण निकायले गर्नेछ।

तस्बिर कृतज्ञता : नेमार सामाजिक संजाल

प्रतिक्रिया