पीडित पुनः भेटघाट कार्यक्रम

इनेप्लिज २०८० असार १८ गते २१:२९ मा प्रकाशित

विराटनगर, १८ असार(रासस): कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट ‘पीडित भेटघाट’ कार्यक्रम आज शुभारम्भ भएको छ ।

पीडित पुनः भेटघाट कार्यक्रम–२०८० कार्य योजना अनुसार पीडितहरुको घरदैलोमा पुगी भेटघाट गरी सूचना आदन प्रदान गर्ने कार्य शुभारम्भ भएको हो ।

पाईलट प्रोजेक्टको रुपमा पहिलो चरणमा जिल्ला प्रहरी कार्यालय मोरङ र खोटाङबाट शुरु गरिएको कार्यक्रमलाई प्रदेशका सबै प्रहरी कार्यालयहरुबाट संचालन गर्ने कार्यबिधि अनुसार कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बाँस्तोलाको समुपस्थितिमा सुनसरीको दुहवी नगरपालिका वडा नं २ स्थित पीडितहरुको घरमा गई पीडितसँग छलफल तथा अन्तरक्रिया गरिएको हो ।

आजै बाट प्रदेश भरी अभियानको रुपमा उक्त्त कार्यक्रम संचालन हुने र समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पीडितहरुलाई न्यायको अनुभुति दिलाउने उद्देश्यले उक्त्त भेटघाट कार्यक्रम संचालन गरिएको हो ।

पीडित पुनः भेटघाट कार्यक्रममा बिभित्र अपराधिक ब्यक्त्तिहरुबाट पीडित हुन पुगेकाहरुलाई कार्यक्रम मार्फत भेटघाट गरी व्यक्त्तिगत सुरक्षा, पिडक पक्षबाट हुने संभावित दवाव, न्यायिक प्रगति विवरण तथा अपराध पीडित संरक्षण ऐन बमोजिम पीडितले प्राप्त गर्ने विभित्र अधिकारको जानकारी दिइएको छ ।

यस किसिमका कार्यक्रमहरु निरन्तर संचालन गरिने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बाँस्तोलाले बताउनु भयो ।

उहाँले अपराधबाट सृजित असहजतामा पीडितले भोग्नु परेको पीडा र ब्यहोर्नु परेको क्षतिलाई राहतमा परिणत गर्नु, पीडालाई न्यून गर्नु, पीडितलाई झनपीडित हुनबाट रोक्नु हो भत्रुभयो ।

अपराधको पुनः सम्भावनालाई निरुत्साहित गर्नुका साथै पुर्णरूपले फैसला कार्यान्वयन नहुन्जेल तथा कार्यान्वयन पश्चात पनि पीडित र प्रहरी बीच निरन्तर सम्पर्क, समन्वय र सहयोग गर्ने उद्देश्यका साथ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘पीडित पुनःभेटघाट कार्यक्रम संचालन गरिएको हो ।

प्रतिक्रिया