काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा हडपेको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले समरजंग कम्पनीका तत्कालिन प्रमुख रमेश पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो ।
गृह मन्त्रालय मातहतको समरजंग कम्पनीको नाममा ललिता निवासको धेरै जग्गा ल्याइएको थियो । सोही जग्गा पछि व्यक्तिका नाममा सारिएको थियो । यो प्रकरणमा हालसम्म पक्राउ परेकाको संख्या ९ पुगेको छ ।
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अनियमिततामा सरकारी कागजात किर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया