दिपेन्द्र र सन्दीप चम्किँदा नेपालले यूएईलाई हरायो

इनेप्लिज २०८० असार १८ गते ०:५० मा प्रकाशित

काठमाडौं, आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा नेपालले यूएईलाई हराएको छ । खेल जितेसँगै नेपाल सुपर सिक्स पुग्न नसक्ने टोलीमध्ये उत्कृष्ट बन्ने बाटोमा गएको छ।

१८२ रनको समान्य लक्ष्य नेपालले ४३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पुरा गरेको हो। नेपालको जितमा दिपेन्द्रिसिंह ऐरी र सन्दीप लामिछाने हिरो बने ।

ऐरीले अविजित ७९ र सन्दीपले २३ रन बनाए । नेपालले ६६ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो । त्यसपछि सन्दीप र दिपेन्द्रले उत्कृष्ट साझेदारी गरेर नेपाललाई जिताए ।

यस्तै, कुशल भुर्तेलले ३५, ज्ञानेन्द्र मल्लले १३ र गुल्सन झाले १२ रन जोडे। नेपालका ४ ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। यूएईका लागि मुहम्मख जवादुल्लाहले ३ विकेट लिए।

जिम्बावेको हरारेमा टस जितेर बलिङ रोजेको नेपालले युएईलाई ४६.५ ओभरमा १८१ रनमा अलआउट गरेको थियो ।

युएईलाई सस्तैमा अलआउट गर्न सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए । गुल्सन झा, प्रतिश जिसी र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए।

यूएईका लागि वृत्य अरविन्दले सर्वाधिक ४४ र रोहन मुस्तफाले ३५ रन बनाए। नेपालले अब मंगलबार प्लेअफको फाइनलमा आयरल्याण्डसँग खेल्नेछ ।

प्रतिक्रिया