कोशी प्रदेशका प्रदेश प्रमुख खापुङ्ग –प्रदेश मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आह्वान

इनेप्लिज २०८० असार १७ गते २०:२८ मा प्रकाशित

विराटनगर,१७ असार । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेशको मुख्यमन्त्री नियुक्ति लागि असार २१ गते बिहिवार साँझ ५ बजेसम्म दावी पेश गर्न आज साँझ आह्वान गर्नु भएको छ।

प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १६८ को उपधारा (२) वमोजिम कोशी प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा वहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई असार २१ गते बिहिवार साँझ ५ बजेसम्म प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद गठन गर्ने प्र्रयोगजनका लागि आफ्नो दावी पेश गर्न आह्वान गर्नु भएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १८८ को उपधारा(२) बमोजिम विस २०८० असार १४ गते प्रदेश सभामा विश्वासको मतको लागि राख्नु भएको प्रस्ताव सोही धाराको उपधारा (३) वमोजिम असार १५ गते पारित हुन नसकी पदमुक्त हुनु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रदेश प्रमुख खापुङले नयाँ प्रदेश सरकार गठन गर्नका लागि नेपालको संविधानको धारा १६८ को(२) बमोजिम वा उपधारा (३) बमोजिम मध्ये कुन उपधाराको आधारमा मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्नका लागि राजनीतिक दलहरुलाई दावी पेश गर्न आह्वान गर्नुपर्ने हो भनी महान्यायाधिवक्तासँग लिएको कानूनी राय समेतको आधारमा उक्त आहवान गर्नु भएको हो ।

प्रतिक्रिया