कोलोराडोमा एएनए सम्मेलनको उद्घाटन सहित पहिलो दिनको कार्यक्रम सम्पन्न ,आज अन्तिम दिन नयाँ समिति चयन गर्दै समापन हुने

इनेप्लिज २०८० असार १७ गते १२:५३ मा प्रकाशित

अमेरिकाको कोलोराडो राज्यको डेनभरमा भै रहेको ४० औ एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए ) सम्मेलनको उद्घाटन सहित पहिलो दिन महिला कार्यक्रम ,एएनएन नेपाल फोरम (मंच),अमेरिकी फोरम(मंच)एएनए मिसेस घोषणा लगायत कार्यक्रमहरु सम्पन्न भएको छ ।

आज जुलाई २ आइतबार अन्तिम दिन थुप्रै कार्यक्रमहरु हुनेछन् । गजल समारोह ,फिरोज स्याङ्गदेन संगीत टोलीको प्रस्तुती सहित साहित्य कार्यक्रमहरु समेत हुने छन् ।

आजै नया कार्यकारी समितिको समेत नेतृत्वको घोषणा हुनेछ ।

समुद्घाटन कार्यक्रममा बिशेष अतिथिहरुको रुपमा स्थानीय नगर प्रमुखहरु ,विभिन्न पदमा निर्वाचित बिदेशी पाहुनाहरु ,विभिन्न संघ/संस्थाका प्रतिनिधिहरु ,एएनएका पूर्व अध्यक्षहरु सहित थुप्रै अतिथिहरुको उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रम सुरु हुनु अगाडी लाखे नाच ,धिमे वाजा सहित झाकी प्रदर्शन सहित कार्यक्रममा स्थलमा पुगी बिसर्जन गरेका थिए । केही समय मंचमा झाकी प्रदर्शन समेत गरिएको थियो ।

समुद्घाटन कार्यक्रममा एएनएका अध्यक्ष विजय राज भट्टराई,सम्मेलन संयोजक बिनोद त्रिपाठी ,अतिथिहरु ,पूर्व अध्यक्ष तथा भावी अध्यक्ष खगेन्द्र अधिकारी लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा दुवै राष्ट्रका राष्ट्रिय गान सहित पानसमा पूर्व अध्यक्षहरु हरि शर्मा लगायत वर्तमान अध्यक्ष विजय राज भट्टराईले उद्घाटन गरेका थिए । दिनभरी बिभिन्न बिषयमा फरक बिषयमा कार्यक्रम संचालन भएको थियो ।

नेपाल मंच ,अमेरिकी मंच ,महिला कार्यक्रम ,नेपाली घरको प्रस्तुति लगायत कार्यक्रमहरु आयोजना गरिएका थिए ।

यस पटकको मूल नारा “नेपालीलाई सधै नेपाली नै हुन देउ” भन्ने राखिएको छ । यस पटक कोलोराडोको डेनभर क्षेत्रमा सक्रिय रहेका नेपाली संस्थाहरु रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल ,नेपाली घर,अनेसास कोलोराडो शाखा ,एनआरएनए कोलोराडो शाखा ,कोलोराडो नेवाः खलः लगायतका संस्थाहरुसंगको सहकार्यमा यो सम्मेलन भै रहेको छ ।

कोलोराडोमा सन् २००३ मा पनि एएनए सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको लागि एनएनएका पूर्व अध्यक्ष रोजर अधिकारी तथा नबिन दत्तलाई सल्लाहकारमा राखिएको छ ।

त्यस्तै गरि सह संयोजकको रुपमा टिका पौडेल ,राजु सिटौला ,जगदीश ढकाल ,सरिता गुरुङ ,आर सी पन्त ,अर्जुन बगाले तथा भुसन लाल श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया