पञ्चेबाजा सहितको महानगरको धान रोपाँइ

इनेप्लिज २०८० असार १६ गते १५:२१ मा प्रकाशित

विराटनगर,१५ असार । राष्ट्रिय धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले विराटनगर–१२ स्थित बखरीमा सामूहिक धान रोपाइँ सम्पत्र गरेको छ ।

पञ्चेबाजासहित महानगरले उल्लासमय रुपमा धान रोपाइँ गरेको हो । रोपाइँ कार्यक्रममा महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, वडा नं ११ अध्यक्ष तीर्थेन्द्र नेउपाने, १२ का अध्यक्ष हिरालाल कामत, वडा सदस्य कुशेश्वर राजवंशीसहित विभित्र राजनैतिक दलका स्थानीय नेता, समाजसेवी, टोल संगठनमा आबद्ध व्यक्त्ति, कृषकलगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा नाचगान गर्दै रमाइलोसमेत गरिएको थियो । दिवसका अवसरमा शुभकामना दिँदै प्रमुख कोइरालाले कृषिलाई आधुनिकीकरण र यान्त्रीकीकरणतर्फ लैजानु पर्नेमा जोड दिनुभयो ।

उहाँले किसानले सहज रुपमा मल, सिँचाइ र बीउ पाउने अवस्था सिर्जना गर्नु आवश्यक रहेको बताउँदै कृषिलाई यान्त्रीकीकरण गरेर उत्पादकत्व वृद्धि गर्नुपर्ने बताउनुभयो ।

चालीसको दशकसम्म नेपालले खाद्यात्र निर्यात गर्दै आएकोमा अहिले वार्षिक रु छ खर्ब भन्दा बढीको खाद्यात्र आयात गर्नुपर्ने बाध्यता आउनुका कारण कृषिलाई उपेक्षित भएर हो भन्नुभयो ।

धान दिवसका अवसरमा महानगरपालिकाले हरेक वर्ष सामूहिक धान रोपाँइ गर्दै आएको छ । गत वर्ष वडा नं १८ मा रोपाइँ कार्यक्रम आयोजना गरेको थियो ।

विगत केही दिन देखि पूर्व क्षेत्रमा मौसम अनुकुल रहेको र बर्षा पनि भइरहेकाले रोपाँईमा धेरै सहज भएको कृषकहरुको भनाई छ ।

प्रतिक्रिया