अटोमेकानिक्स धनगढी नगरको अध्यक्षमा सुमित श्रेष्ठ,मजदुर क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तिहरु सम्मानित

वीरेन्द्र रावल २०८० असार १६ गते १५:१७ मा प्रकाशित

धनगढी, असार १६÷नेकपा एमाले निकट टङेड यउुनियन महासंघ जिफन्ट अन्तरगतको घटक संगठन नेपाल अटोमेकानिक्स धनगढी नगरको दोस्रो नगर अधिवेशन शनिवार धनगढीमा सम्पन्न भएको छ ।

जिफन्टका पूर्व सुदूरपश्चिम प्रदेश अध्यक्ष देव बहादुर बमले दोस्रो अधिवेशनको उद्धघाटन गरेका थिए ।

कार्यक्रमका प्रमूख अतिथी समेत रहेका बमले जीवनको आधा समयावधी मजदुरीमा बिताएकोले आफु मजदुरको हक,हित र सुरक्षाका लागि जस्तोकसुकै अवस्थामा पनि तत्पर रहेको बताएका छन् ।

कार्यक्रमका प्रमूख अतिथी समेत रहेका बमले उद्धघाटन मन्तव्य व्यक्त र्गै समाज रुपान्त्रणमा मजदुर बर्गको निकै ठूलो योगदान रहेकोले राज्यले समाजको प्रमूख शक्ति मजदुरलाईनै उपेक्षामा राखेको बताएका छन् ।

बमले भने— नेपालको कम्यूनिष्ट आन्दोलनमा सर्वहारा श्रमजीवि जनताको निकैनै ठूलो हात रहेको छ । देशका हरेक परिवर्तनकामी आन्दोलनमा मजदुरबर्गले रगत र पसिना बगाएका छन् । तर पनि राज्यदले मजदुरवर्गका मागलाई जहिलेपनि उपेक्षामै राखेको छ ।

समो अवसरमा बोल्दै कार्यक्रमका विशिष्ठ अतिथी एवं नेपाल ट्रेड युनियन महासंघ जिफन्टका सुदुरपश्चिम प्रदेश अध्यक्ष जीत बहादुर मल्लले मजदर बर्गको हक,हित र सुरक्षाका लागि नेपाल ट्रेड युनियन महासंघ जिफन्टले कल्याणकारी कार्यक्रमहरु ल्याउने बताएका छन् । मजदुरहरुको सामाजिक ,भौतिक र स्वासथ्य सुरक्षा जस्तो महत्वपूर्ण कार्यमा संगठनले थप प्रभावकारी कार्यक्रमहरु विस्तार गर्दै जाने भएकाले त्यसको लागि सबै मजदुर साथीहरुका बिच सहकार्य, एकता र मित्रताको खाँचो रहेको बताएका छन् ।

सो अवसरमा नेकपा एमाले कैलालीका सदस्य एवं प्रेस चौतारी नेपालका कैलाली ईन्चार्ज वीरेन्द्र बहादुर रावल, होट व्यवसायी संघ कैलालीका अध्यक्ष केशव दत्त पाण्डे,नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्द,जिफन्टका प्रदेश सचिजव चन्द्र प्रकाश गैरे लगायतका व्यक्तिहरुले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टको स्थापना कालदेखि मजदुर क्षेत्रका महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्व सुदूरपश्चिम प्रदेश अध्यक्ष देव बहादुर बम लगायतका मजदुर क्षेत्रका व्यक्तिहरुलाई दोसल्ला,कदर पत्र र मायाको चिनोले सम्मानित गरिएको थियो । सोही दिन सम्पन्न बन्द शत्र पछि भएको निर्वाचनले सुमित श्रेष्ठ अध्यक्ष रहेको ११ सदस्यीय नगर कमिटी चयन गरेको छ ।

कमिटीका उपाध्यक्षमा पूर्णसिंह तामाङ,सचिवमा टेकराज पाण्डे, सहसचिवमा शुसिल चौधरी,कोषाध्यक्षमा पुष्पा रावल चयन भएका छन् भने अन्य सदस्यहरुमा क्रमशः जनकसिंह चौधरी, दिपक ओली, राम अवतरा राना,मनोज मल्ल, कृष्ण बहादुर घर्तिमगर रमनोज ठाकु लगायतका सदस्यहरु रहेका छन् ।

सुमित श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको, कार्यक्रमको सञ्चालन नाटोका केन्द्रिय सचिव गोपाल केसीले गरेका थिए । स्वागत मन्तव्य पूर्णसिंह तामाङले गरेका थिए ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया