सर्वोच्च अदालतले राष्ट्रपति जो बाइडेनले दिएको विद्यार्थी ऋण माफी कार्यक्रम अस्वीकार गरि दिएको छ ।
यो फैसला आउनासाथ रिपव्लिकन दलका थुप्रै नेताहरुले अदालतको प्रशॅसा गरेका छन । बाइडेनलाई ठूलो झटका लागेको छ भने बाइडेनले शुक्रबार पछि विद्यार्थी ऋण उधारकर्ताहरूको सुरक्षा गर्न नयाँ कार्यहरू घोषणा गर्ने अपेक्षा गरिएको छ।
सर्वोच्च अदालतले राष्ट्रपति बाइडेनको विद्यार्थी ऋण माफी कार्यक्रमलाई अवरुद्ध गरेको छ ।
लाखौं ऋणीहरुलाई २० हजार डलर सम्मको राहत प्रदान गर्ने उद्देश्य थियो। निर्णय ६-३ ले गरेको छ । अर्थात ९ जना सर्वोच्च अदालतमा रहेका न्यायाधिशहरु मध्ये रिपव्लिकनका राष्ट्रपतिले छनौट गरेका ६ जनाले बाइडेनको बिपक्षमा निर्णय गरेका छन ।
सर्वोच्चमा डेमोक्रयाटिका राष्ट्रपतिले छनौट गरेका केवल ३ जना मात्र भएकोले यस्ता निर्णयमा रिपव्लिकनको पक्ष अर्थात रुढीवादीको पक्षमा फैसला हुने हुदा अपेक्षा गरे अनुसार बाइडेनलाई झापु लागेको छ ।
प्रतिक्रिया