किसान महासंघको आयोजनामा देश व्यापी धान दिवस मनाइयो

वीरेन्द्र रावल २०८० असार १५ गते १३:२७ मा प्रकाशित

धनगढी, असार १५÷नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपीशर्मा ओलीले देशलाई समृद्ध र आत्म निर्भर बनाउने हो भने कृषिलाई आधुनिकीकिरण गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाल कृषि प्रधान देश भएतापनि यहाँको कृषि केवल निर्वाहमूखीमात्र भएकोले अव कृर्षिलाई सुधार गर्दै समयको माग अनुसार अगाडी बढाउनु पर्ने धारणा अध्यक्ष ओलीको रहेको छ ।

नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले चिवनमा आयोजना गरेको असार १५ गतेको धान दिवस कार्यक्रम पश्चात सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो धारणा व्यक्त गनरे गरेका थिए ।

किसान महासंघले चितवनमा गरेको धान दिवस कार्यक्रममा यनत्रबाट धान रोप्ने औजारको प्रयोग गरेर अध्यक्ष ओलीले धान दिवसको उद्धघाटन गरेका थिए ।
उहाँले नेपाल कृषि प्रधान देश भनिएता पनि यहाँको ठूलो संख्यामा रहेको जनसंख्या भारतमा निर्भर रहेको भन्दै नेपालको कृषिलाई आत्म निर्भरताले मात्र समृद्धि प्राप्त नहुने भएकाले सरकार र सरोकारवाला निकायले यस बिषयमा गम्भीरताका साथ कृषि क्रान्तिको अभियानलाई अगाडी बढाउनु पर्ने बताएका छन् ।
नेपालको बिग्रदो आर्थिक हैषितलाई सुधार गर्ने दिसामा वर्तमान सरकार पूर्ण रुपले असफल भएको र नेपालको अर्थतन्त्रलाई सुधार्ने कुृनै पनि योजना यो सरकारसंग नरहेको पनि अध्यक्ष ओलीले बताएका छन् ।

नेपाली किसानले बलैमा मल नपाउँने,सिंचाई र उत्पादनलाई बजारिकण गर्ने लगायतका सवालमा पनि सरकारसंगे कुनै योजना नभएकाले नेपालको कृषि परनिर्भरताथर्फ उन्मूख भएको बताएका छन् ।

नेपाललाइृ समृद्धिको दिसामा अघि बढाउनका लागि कृषिलााई यान्त्रिकीकरण गर्दै लैजानु पर्ने आजको आवश्यकता रहेको समेत अध्यक्ष ओलीले बताएका छन् ।

असार १५ अर्थात धान दिवसरको अवसरमा देश भरी धान रोप्ने कार्यक्रमका साथ साथै मदन जयन्तीको अवसर पारेर एमालेका विभिन्न जनसंगठनहरुले आफ्ना रचनात्मक कार्यक्रमहरु सम्पन्न गरेका छन् ।

धान दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा एमालेका पोलिटव्यूरो सदस्य राजेन्द्रसिंह रावलले बझाङमा धान रोपेर धान दिवस मनाएका छन् ।

यस्तै एमाले पोलिटव्यूरो सदस्य एवं पूर्व मन्त्री एवं कञ्चनपुर जिल्ला इन्चार्ज नारदमूनी रानाले कञ्चनपुर, एमाले पोलिटव्यूरो सदस्य लिला भण्डारीले डोटी, एमाले पोलिटव्यूरो सदस्य एवं वैतडी ईन्चार्ज निरुदेवी पालले बैतडी ,केन्द्रिय सल्लहाकार परिसदका सदस्य र एमाले सुदूरपश्चिम प्रदेश सचिव एवं सुदूरपश्चिम प्रदेश सभाका सदस्य धर्मराज पाठक लगायतका नेताहरु पनि अखिल नेपाल किसान महासंघले आयोजना गरेको धान दिवस कार्यक्रममा सहभागि भएका थिए ।

अखिल नेपाल किसान महासंघ कैलालीको आयोजनामा शुक्रबार धनगढी उपमहानगरपालिका ८ स्थित किसान महासंघका कैलाली अध्यक्ष लालमनी रानाको, खेतमा धान रोपेर धान दिवस मनाइएको कुरा किसान महासंघका सुदूरपश्चिम प्रदेश सचिव मदनराज रेग्मीले बताए । सो अवसरमा किसान महासंघका केन्द्रिय सचिवालय सदस्य नेपालु चौधरी, सो अवसरमा एमाले कैलालीका अध्उयक्ष दुर्गा प्रसाद जोशी, सचिव डेजी पाण्डे,पूर्व नगरप्रमूख खेमराज पाण्डेय, धनगढी उपमहानगर पालिकाकी उपप्रमूख कन्दकला राना लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । यस्तै कैलालीको लम्की चुहा,बर्दगोरियाम, टिकापुर ,अत्तरिया लगायतका क्षेत्रमा पनि अखिल नेपाल किसान महासंघको आयोजनामा धान दिवस कार्यक्रमहरु मनाइएको छ ।

यस्चतै विभिन्न राजनीतिक दलहरु, विभिन्न शैक्षिक संस्थाहरु, सामाजिक संस्था लगायतकाले पनि धान दिवसलायृ भ्वइ रुप्ल्े समप्नन् ग्रेक्ँ छन्् ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया