जायज माग पुरा नभए आमरण अनशन बस्ने अपाङगता महासंघको चेतावनी

वीरेन्द्र रावल २०८० असार १५ गते १३:१२ मा प्रकाशित

धनगढी, असार १५÷विरोधका लागि विरोध मात्र होईन विरोध कार्यक्रम पनि रचनात्मक हुन सक्दछन् भन्ने कुराको सन्देश सहित अपाँङगता मैत्री सडक निर्माणमा सरकारको गम्भीर ध्यान जानु शिक्षा दिनेगरी अपाङगता भएकाहरुले आन्दोलनको शुरुवात गरेका छन् ।

सडक,अस्पताल, सार्वजनिक संघ÷संस्था देखि लिएर बिद्यालयहरु समेत अपाङगता मैत्री हुन नसकेको भन्दै सडक पेटीमा रिले अनशनमा बसेका अपाङग महासंघका आन्दोलनकारीहरुले आफैले अपाङग मैत्री सडक पेटीको नमुना बनाएर धनगढीको पार्क मोडमा रिले अनशन थालेका हुन ।

आन्दोलनमा दिनेगरी अपाङगता समावेशी बजेट विनियोजन नगरेको भन्द उनीहरुले आन्दोलन थालेका हुन । जव सम्म आफुहरुका मागलाई प्रदेश सरकारले पुरा गर्दैन तव सम्म आन्दोलन नीरन्तर रुपले अपघ बढीरहने चेतावनी महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष मान वहादुर सावदले बताएका छन् ।

आफुहरु जहिले पनि सरकारको चरम उेिक्षामा रहेकाले तत्काल राज्यले अपाङगता भएका व्यत्तिःहरुको माग पुरा गर्ने सवालमा गम्भीर बन्नु पर्ने धारणा अपाङ महासंघका नवराज भटट्ले बताएका छन् । सरकारको ध्यानाकर्ष गराउनका लागि राष्ट्रिय अपाङ महासंघमा आवद्धहरुले धनगढीमा रिले अनशन थालेका छन् ।
पहिलो दिन ठूलो संख्यामा रहेका अपाङगता भएका व्यक्तिहरुले धनगढी नगरमा विरोध प्रदर्शन गर्दै पार्कमोडमा आएर रिले अनशन थालेका छन ।

सुदूरपश्चिम प्रदेश सरकारले हालै प्रस्तुत गरेको बजेट वक्तव्यमा राज्यको उपेक्षामा रहेका अपाङगता भएका व्यक्तिहरुलाई चरम उपेक्षा गरेको र नागरिकको हैषितमा पनि नहेरेको भन्दै संघर्ष समतिले व्यापक विरोध जनाएको छ । प्रदेश सरकारले १५ गते सम्म आफुहरुको मागलाई समयमै पुरा गर्ने दिसामा पहल नगरेको खण्डमा आमरण अनशन थालिने समेत चेतावनी दिएको छ ।

अपाङगता अधिकार प्रवद्र्धन संघर्ष समितिले राष्ट्रिय अपाङ महासंघमा आवद्ध सबै प्रकारका अपाङगता भएका संघ÷संस्थाहरुको संस्थागत विकास ,शसक्तिकरणका लागि रकम रु. १ करोड महासंघका लागि विनियोजन हुनु पर्ने, बिशेष आवश्यकता भउका बालबालिकाहरु अध्ययन गर्ने, विशेष र समावेशी विद्यालयको भौतिक संरचना निर्माण र आवासिय व्यवस्थापनका लागि रकम रु ८० लाख विनियोजन हुनु पर्ने, सबै प्रकारका अपाङगता भएका व्यक्तिहरुका लागि प्रदेशस्तरमा सहायक समाग्री उत्पादन गर्न मर्मत तथा वितरणका लागि रकम रु. ३५ लाख विनियोजन हुनु पर्ने ,सुदूरपीश्चम प्रदेश भित्रका प्रादेशिक अस्पतालहरुमा सांकेतिक दोभासेको तत्काल नियूक्ति प्रकृयालाई अगाडी बढाउनु पर्ने र दोभासे तालिमको व्यवस्थापन हुनु पर्ने , दृष्टि विहीन विद्यार्थीहरुका लागि प्रादेसिक स्तरमा अडियो लाईव्रेअरीको स्थापना तत्काल हुनु पर्ने, प्रादेसिक स्तरमा समावेशी पार, खेलकुद सञ्चालन गर्नका लागि २५ लाख विनियोजन हुनु पर्ने र प्रत्येक जिल्लामा रहेका सामाजिक विकास कार्यालय र स्वासथ्इ कार्यालय मार्फत गरिने अपाङगता सम्बन्धी कार्यक्रमहरु सम्बन्धीत जिल्ला भित्र रहेका अपाङगता भएका व्यक्तिहरुका संस्थाहरुसंग सम्झौता गरि कार्यान्वयन गरिनु पर्ने लगायतका मागहरु सहित अपाङगता महासंघले आन्दोलन थालेको कुरा महासंघ संर्घष समितिका संयोजक भीम बहादुर शाहले बताए ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया