अमेरिकी स्वतन्त्रता दिवस जुलाई ४ को सप्ताहान्तमा ५ करोड अमेरिकीहरुले यात्रा गर्ने ,यो सप्ताहमा मात्र ८ हजार उडान रद्ध

इनेप्लिज २०८० असार १५ गते ११:३१ मा प्रकाशित

अमेरिकी स्वतन्त्रता दिवस अर्थात् जुलाई ४ को सप्ताहान्तमा ५ करोड अमेरिकीहरुले यात्रा गर्ने भएको एएए ट्राभल नामक संस्थाले जनाएको छ । एएए ट्राभलका अनुसार लगभग ५०.७ मिलियन अमेरिकीहरूले घरबाट कम्तिमा ५० माइल वा सोभन्दा बढी यात्रा गर्ने बताएको छ । एएए ट्राभलका अनुसार यो लामो बिदामा धेरै संख्यामा यात्रा गर्ने जनाउदै नयाँ कीर्तिमान हुने जनाएको छ ।

सडक र हवाई यात्रा सहित गरि अत्यधिक चाप हुने हुनाले यात्रुहरूको यात्रा ढिलाइ हुने हुनाले यात्राको लागि अगाडि हिड्नु पर्ने योजना गर्नुपर्छ भनि सुझाव समेत दिएको छ ।

“हामीले स्वतन्त्रता दिवस सप्ताहन्तको लागि यति उच्च यात्रा संख्याहरू कहिल्यै अनुमान गरेका छैनौं,” एएए ट्राभलका वरिष्ठ उपाध्यक्ष पाउला ट्विडेलले भनिन

जुलाई ४ को सप्ताहन्तमा निजी सवारी साधन (कार)बाट यात्रा गर्नेले समेत नयाँ राष्ट्रव्यापी कीर्तिमान कायम गर्ने अपेक्षा गरिएको छ।

एएए ले ४३.२ मिलियन मानिस सवारी साधन चलाएर आफ्नो गन्तव्यमा पुग्ने बताएको छ । सन् २०२२ मा भन्दा २.४% वृद्धि र २०१९ मा कोरोना महामारीको काल अगाडी भन्दा ४% बढी हुनेछ । यस बर्षको गर्मीमा इन्धनको मूल्यहरू एक वर्ष अघिको भन्दा करिव १ डलर न्यून भएको छ ।

४ जुलाई, २०२२ मा नियमित एक ग्यालन(साढे ४ लिटरको नाप )को राष्ट्रिय स्तरमा औसत ४.८० थियो। अहिले इन्धनको मूल्य राष्ट्रिय औसत ३.५० देखि ३. ६० प्रति ग्यालनमा खरिद गर्न सकिन्छ ।

यसैगरी यो सप्ताहमा मात्र ८ हजार उडान रद्ध भएका छन् ४२,७५० उडानहरु ढिला भएका छन् । २०२३ मा अन्तर्राष्ट्रिय टिकट दर ३० प्रतिसतले वृद्धि भएको छ ।

प्रतिक्रिया