साउदीमा अमेरिकी दूतावास अगाडि गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु 

इनेप्लिज २०८० असार १४ गते २३:०० मा प्रकाशित

काठमाडौं । साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि गोली चल्दा नेपाली नागरिकसहित २ जनाको मृत्यु भएको छ। गोली लागेर मारिने नेपाली अमेरिकी दूतावासका सुरक्षा गार्ड हुन्। 

साउदी समाचार संस्था एसपीएले मक्का सहरका प्रहरी प्रवक्ताको बयानलाई उद्धृत गर्दै जनाएअनुसार कारमा आएका एक व्यक्ति अमेरिकी वाणिज्य दूतावास अगाडी बन्दुक लिएर आएका थिए । ती व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको थियो ।

मृतक नेपाली सुरक्षा गार्डको नाम ठेगाना खुलेको छैन ।

प्रतिक्रिया