अमेरिकाको टेक्ससमा अत्यधिक तापक्रमको कारण कम्तीमा १३ जनाको मृत्यु

इनेप्लिज २०८० असार १४ गते २३:१८ मा प्रकाशित

अमेरिकाको टेक्ससमा अत्यधिक तापक्रमको कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ । टेक्ससमा गर्मी सम्बन्धी रोगबाट कम्तीमा १३ जनाको मृत्यु भएको समाचार एसोसिएटेड प्रेस(एपी)ले लेखेको छ।

तातोको कारण दश जनाको मृत्यु भएको वेब काउन्टीमा सूचना दिइएको छ । गत दुई हप्तामा ग्याल्भेस्टन काउन्टीमा अर्को मृत्यु भएको स्थानीय अधिकारीहरूले एबीसी न्यूजलाई बताए । अमेरिकाको दक्षिणमा एक हप्ता लामो तातो लहर र अत्यधिक तापक्रम वृद्धिको कारण मानिसहरुको ज्यान गएको हो ।

टेक्ससमा तापमान नियमित रूपमा धेरै हप्ता देखि १०० डिग्री नाघेको छ। बुधबार टेक्ससको कर्पस क्रिस्टीमा १०७ डिग्री, अस्टिनमा १०८ डिग्री र ह्युस्टनमा १०९ डिग्री तापक्रम पुगेको थियो । यसैगरी गत सोमबार लारेडो र सान एन्जेलोमा क्रमशः ११५ डिग्री र १११ डिग्री तापक्रम भएको थियो । उक्त स्थानहरुले कीर्तिमानी तापक्रम अभिलेख (रेकर्ड) गरेको छ ।

ह्युस्टनले यस मौशममा पहिलो पटक बुधबार १०० -डिग्री अंक पार गरेको एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया