कोशी प्रदेश सभा वैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगन

इनेप्लिज २०८० असार १४ गते २२:३५ मा प्रकाशित

विराटनगर,१४ असार । कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक विशेष कारणबस असार १५ गते शुक्रवार ११ बजेसम्मका लागि स्थगन गरिएको छ ।

प्रदेश सभाको आज बसेको पहिलो बैठक पछि ३० मिटेनको लागि स्थगन गरिएकोमा बेलुकी आठ बजे वस्ने भनि सूचना जारी भएकोमा बेलुकी ९ः३० बजे अर्को सूचना जारी गरी शुक्रबार ११ बजे बस्ने गरी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

कोशी प्रदेश प्रदेश सभा नियमावली,२०७४ (पहिलो संशोधन समेत)को नियम ६ को उप नियम (३) बमोजिम प्रदेश सभा सदस्यहरुलाई जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ।

यसअघि सभा दिउँसो १ बजे सञ्चालन हुने कार्य सूची रहेपनि सभा १ः५० मा प्रारम्भ भएको थियो ।

प्रतिक्रिया