समयले कहाँ सम्म पुर्‍यायो  …………

इनेप्लिज २०८० असार १४ गते ११:२७ मा प्रकाशित

समयले कहाँ सम्म पुर्‍यायो समय सारा कसरी बित्यो
हरेक साँझमा डाको छोडी रुने बनायो
यो मनमा कुनै बेला खुसीले बास गरेको थियो
खुसीयालीमा मन सारा भुलेको थियो

खुसीहरू सारा बसाइँसरि अन्तै गएछन्
उज्यालो मुहारको रङ्ग बदली दिएछन्
समयले कहाँ सम्म पुर्‍यायो समय सारा कसरी बित्यो
के भुल भयो र यस्तो हालत भयो

धेरै समय बितेर गयो मनबाट सोच्दा सोच्दै
यो मनलाई लाग्छ प्यार पाउला पहिले झैँ
आफैले आफैलाई चिन्न गाह्रो भयो
समयले कहाँ सम्म पुर्‍यायो समय सारा कसरी बित्यो

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया