कोशी प्रदेश सरकार र नागरिक उन्मुक्ति पार्टीबीच भेटघाट

इनेप्लिज २०८० असार १३ गते २२:५६ मा प्रकाशित

विराटनगर,१३ असार । कोशी प्रदेश सरकार र नागरिक उन्मुक्ति पार्टी(एकीकृत) प्रदेश समितिवीच आज यहाँ भेटघाट एवं छलफल भएको छ।

सरकारी वार्ता टोलीका संयोजक खानेपानी, सिंचाई तथा उर्जा मन्त्री तिलकुमार मेन्याङबो लिम्वु र नागरिक उन्मुक्ति पार्टी प्रदेश समिति वीच आज भेटघाट एवं कुराकानी भएको छ।

मन्त्री लिम्वुलाई मन्त्रालयमा उन्मुक्ति पार्टी वार्ता टोलीका प्रदेश संयोजक एवं केन्द्रीय उपाध्यक्ष इन्द्रकुमारी लिम्बुको नेतृत्वमा आएको टोलीले पार्टीको धारणा पत्र वुझाएको छ।

सो अवसरमा मन्त्रीले धारणपत्र ग्रहण गर्दै कोशी प्रदेश नामकरण प्रदेश सभाबाट वैधानिक ढङ्गले आएको बताउँदै आगामी दिन वार्ता एवं छलफलको माध्यमवाट के कसरी नामप्रति असन्तुष्टि समाधान गर्न सकिन्छ यस विषयमा दुवैपक्षवीच आपसी सहमतीको आधारमा निर्णय गर्ने विश्वास दिलाउनु भयो ।

उन्मुक्ति पार्टीकी संयोजक लिम्वुले प्रदेशको नामप्रति आपत्ति जनाउँदै नामकरणको विरुद्धमा गरिएको आन्दोलनमा प्रकाउ परेकाहरुलाई अविलम्व रिहा गर्नुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया