सबै दलको समर्थनमा वर्तमान सरकारले विश्वासको मत प्राप्त गर्ने– मुख्यमन्त्री कार्की

इनेप्लिज २०८० असार १३ गते २२:३८ मा प्रकाशित

विराटनगर,१३ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सभामा रहेका सबै राजनीतिक दलले सरकारलाई विश्वासको मत दिने बताउनु भएको छ।

नेकपा एमाले संसदीय दलको आज यहाँ बसेको बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा उहाँले अहिलेसम्म गरेका कार्यसम्पादनका आधारमा सबै दलहरुले विश्वासको मत दिनुहुन्छ भन्ने विश्वास रहेको धारणा राख्नु भयो ।

मुख्यमन्त्री कार्कीले बिहीबार प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिनुहुदैछ

प्रदेशमा स्थायित्वको सरकारको आवश्यक्ता रहेकोले दोस्रो ठूलो दल नेपाली कांग्रेससँग सहित सबै दलसँग विश्वासको मत माग्ने निर्णय भएको संसदीयको बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले सञ्चारकर्मीहरुलाई बताउनु भयो ।

कोशी प्रदेश सभामा नेकपा एमालेको ४०(उप सभामुख) सहित, नेकांको २९, नेकपा माओवादी(सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टी छ, नेकपा एकीकृत समाजवादी चार र जनता समाजवादी पार्टीका एक जना सदस्य रहेका छन् ।

प्रदेशमा सरकारलाई विश्वासको मत प्राप्त ४७ जना सदस्यहरुको समर्थन आवश्यक रहेको छ।

प्रदेश सभाको बैठक बिहिवार दिनको १ बजे बस्दैछ ।

प्रतिक्रिया