ए.एन.ए. नेपाली राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा, उपस्थितिको लागि अनुरोध

इनेप्लिज २०८० असार १३ गते २२:२८ मा प्रकाशित

ए.एन.ए.नेपाली राष्ट्रिय सम्मेलनको तयारी द्रुतगतिमा अगाडी बढ्दै लगातार कामहरु भै रहेको र अब तयारी अन्तिम चरणमा पुगेको ए.एन.ए.का निवर्तमान अध्यक्ष एवं बर्तमान संरक्षक खगेन्द्र अधिकारीले इनेप्लिजलाई बताउनु भएको छ ।

निवर्तमान अध्यक्ष एवं बर्तमान ट्रस्टी अधिकारीले संस्थाको तर्फबाट आगामी जुन ३० देखि जुलाई १, र २ मा अमेरिकाको कोलोराडो डेनभरमा सम्पन्न हुन गई रहेको ए.एन.ए. नेपाली राष्ट्रिय सम्मेलनलाई हामीहरु सबै मिलेर भब्य तथा सभ्य रुपमा सफल पारौं भन्ने अनुरोध गर्दै सम्मेलनमा उपस्थित हुनको लागि उत्तर अमेरिकी नेपाली समुदायहरु एवं सम्बंधित सबैलाई चुले निम्तो सहित हार्दिक निमंत्रणा गर्नु भएको छ।

कुराकानीको सिलसिलामा अधिकारीले सम्मेलन एवं कार्यक्रमहरु बारे पूर्ण तथा बिस्तृत जानकारीको लागि https://ana1983.org/हेर्नु हुनका लागि समेत बिशेष अनुरोध गर्दै कोलोराडो डेनभरमा सबैसंग भेंट हुने बिश्वास व्यक्त गर्नु भएको छ।

सम्मेलनको सफलताको लागि ईनेप्लिज परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

प्रतिक्रिया