पीडित किशोरीलाई एक लाख क्षतिपूर्ति दिन सन्दीप लामिछोनलाई अदालतको आदेश (भिडियो सहित)

इनेप्लिज २०८० असार १३ गते ११:०० मा प्रकाशित

उमेर नपुगेकी किशोरीलाई करणी ग्रेको आरोपमा मुद्दा खेप्दै आएका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय सुनाएको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासले पीडितलाई क्षतिपूर्तिवापत उक्त रकम उपलब्ध गराउन आदेश गरेको छ ।

क्षतिपूर्ति सरकारको राहत कोषबाट उपलब्ध गराउनुपर्ने छ । सन्दीपले ती किशोरीलाई गत भदौ ५ गते राति गौशालाको होटलमा करणी गरेको आरोप लागेपछि प्रहरीले पक्रेर मुद्दा दायर गरेको थियो । लामिछानेले आफूले करणी नगरेको दाबी गर्दै आए पनि आज जिल्ला अदालतले किशोरीलाई क्षतिपूर्ति दिन आदेश गरेको छ ।

यसअघि जिल्ला अदालतले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने थुनछेक आदेश दिएको थियो । तर, उक्त आदेशविरुद्ध पाटन उच्च अदालत पुगेका लामिछानेलाई स्वदेशमा रहनेगरी २० लाख धरौटीमा थुनामुक्तको आदेश दिएको थियो ।

पछि सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएको थियो । आज काठमाडौं जिल्ला अदालतले उनलाई एक लाख क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो ।

https://www.youtube.com/shorts/8fCbJAjNhvo

प्रतिक्रिया