बालेनसँग सर्वोच्च अदालतले माग्यो लिखित जवाफ

इनेप्लिज २०८० असार १२ गते २१:३१ मा प्रकाशित

काठमाडौं। सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्धको मुद्दामा लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै मंगलबार लिखित जवाफ मागेको हो ।

यसअघि सरकार र अदालतलाई आफूले नमान्ने बरु कारबाही भोग्न तयार रहेको अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध रिट दर्ता गरेकी थिइन् ।

प्रतिक्रिया