पुटिनले सुरक्षाकर्मीहरूलाई भने “तपाईहरुले वास्तवमा गृहयुद्ध बन्द गर्नुभयो”

इनेप्लिज २०८० असार १२ गते ११:३१ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरक्षा बलहरूलाई उनीहरूले सप्ताहन्तमा वाग्नरको विद्रोहको वास्तवमा गृहयुद्ध रोकेको बताए । उनले अर्धसैनिक समूहको असफल विद्रोहमा कडा टिप्पणी गर्दै सुरक्षाबलको प्रशंसा गरे ।

“तपाईहेरुले संविधान, जनताको जीवन र स्वतन्त्रताको रक्षा गर्नुभयो। तपाईहरुले हाम्रो मातृभूमिलाई वास्तविक रूपमा हल्लाउनबाट जोगाउनुभयो ..तपाईहरुले गृहयुद्धलाई वास्तवमै रोकिदिनुभयो,” पुटिनले मंगलबार क्रेमलिनमा सुरक्षाकर्मीहरूको निमन्त्रणा कार्यक्रममा भने।

निजी भाडाका सैनिक वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले मस्कोमा पुग्ने धम्कि दिए पछि ठूलो संकट टरेर गएको छ ।

प्रतिक्रिया