रगतको कमीले अकालमा हुने मृत्युबाट बचाउन रक्तदान आवश्यक

इनेप्लिज २०८० असार १२ गते ११:०५ मा प्रकाशित

विराटनगर,१२ असार । रगतको कमीले हुने अकाल मृत्युबाट नागरिकहरुलाई बचाउन रक्तदान आवश्यक रहेको छ।मानिसको शरीरमा प्रत्येक तीन महिनामा खेर जाने रगतलाई दान गर्नुपर्छ भन्ने जागरुकता जगाउन आज यहाँ खुल्ला रक्त्तदान कार्यक्रमको आयोजना गरिएको छ।

‘खेर जाने रगतलाई दिने सके दान, आशिष लाग्छ मानिसको बच्न सक्छ ज्यान’ भन्ने नाराका साथ विराटनगर व्यापार सङ्घले २३ औँ स्थापना दिवसको उपलक्ष्यमा आज यहाँ रक्तदान कार्यक्रमको शिविर सञ्चानलनमा ल्याएको छ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कार्यक्रमको उद्घाटन गर्दै प्रत्येक तीन महिनामा खेर जाने रगत दान गरेमा धेरै नागरिकको अकालमा हुने मृत्युबाट वचाउन सकिने बताउनु भयो ।

सङ्घका अध्यक्ष नरेश कुमार खत्री र कार्यकारी निर्देशक धरणी निरौलाले जीवन बचाउन रक्तदान आवश्यक भएकोले जनतामा जागरुक जगाउन कार्यक्रमको आयोजना गरेको धारणा राख्नु भयो ।

रक्तदान कार्यमा सशस्त्र प्रहरी, व्यापारी, एवं सर्वसाधारण गरी एक सय जनाले एक÷एक पिण्ट रगत दान गर्नु भएको छ । सङ्घमा पाँच हजार व्यापारीहरु आवद्ध रहेको छन् ।

प्रतिक्रिया