पोखरामा जुस खुवाएर मानिस बेहोस बनाउदै , सुन चोर्दै …- भिडियो रिपोर्ट

इनेप्लिज २०८० असार १२ गते १०:५६ मा प्रकाशित

पोखरामा जुस खुवाएर मान्छे बेहोस बनाएर हातमा भएको औठी चोरेर केहि ब्यक्तीहरु फरार भएका छन् ।

भूपू आर्मीहरुलाई लक्षित गरेर यतिबेला पोखरामा सुन चोरी चोरीका घटना बढेको छ । पोखराको अमरसिंहचोकमा चिज बहादुर गुरुङलाई जुस खान दिएर बेहोस बनाउदै उनको हातमा रहेको औठी चोरेर केहि ब्यक्ती फरार भएका हुन् । गुरुङलाई केहि दिन देखि चोर्ने उदेश्यका साथ् उनीहरुले निगरानी गरेका रहेछन ।

चिज बहादुरको घरमा नै आएर मेरो बुवा पनि भूपू लाउरे हुनुहुन्छ तपाई पनि भूपू शैनिक भएपछी मेरो बुवालाई चिनुहुन्छ होला नि ? भन्दै संवाद सुरु गर्छन । गुरुङलाई यस्तै गफमा भुलाउदै आत्मियताको भान गराउदै सुन चोर्ने गतिबिधि अगाडी बढाएको भेटिएको छ ।

‘ मेरो बुवा पनि भूपू हुनुहुन्छ अमरसिंहमा तपईलाई भेट्न आउनुभएको छ, म भेटाउछु आउनुहोस जाम ‘ भन्दै गुरुङलाई उनीहरुले बजार सम्म पुर्याउछन । बजारमा गएपछि केहि समय प्रतिक्षा गरौ आउदै हुनुहुन्छ भन्छन । त्यसपछि अलि गर्मी छ बुवा जुस खानुहोस भन्दै आफुले पनि जुस खान्छन र बुवालाई केहि मिसाईएको जुस खान लागाउछन ।

आत्मीयताको नजरले गुरुङले केहि नसोची जुस खान्छन । जुस खाएपछि गुरुङ एक्कासी सडकमा बेहोस हुन्छन । चोरले पनि त्यही मौका पारेर उनको हातमा भएको सुनको औठी चोरेर भाग्न सफल हुन्छन ।

जुस खाएपछि सडकमा बेहोस भएका गुरुङ्लाई त्यहा वरपर रहेका मानिसहरुले कतै रक्सीले मातेर सुतेका हुन् कि ? भन्दै वास्ता गर्दैनन् । केहि घण्टा पछि उनका एकजना आफ़न्तले केको भिड रहेछ भनेर हेर्दा आफ्नै मान्छे बेहोस अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गर्छन र नजिकैको अस्पतालमा उपचारको लागि पठाउछन ।

उपचारको क्रममा दुई दिनसम्म बेहोस भएपछी सबैले आस मारेका थिए । अस्पताल लागेको दुई दिनको बेलुका बल्ल उननी होस् मा आउछन । त्यसपछि बुझ्दै जादा बल्ल थाहा हुन्छ कि जुस खुवाएर अपरिचित व्यक्तीहरुले उनको साथमा भएको सुन लुटेका रहेछन ।

बाकी सबै बुझ्नको लागि तलको भिडियो पुरा हेर्नुहोस र शेयर गर्नुहोस

प्रतिक्रिया