मेरिल्याण्डको एक बिशाल बजारको खेल मैदानबाट बच्चालाई अपहरणको प्रयास गर्ने व्यक्ति पक्राउ

इनेप्लिज २०८० असार १२ गते १०:५२ मा प्रकाशित

मेरिल्याण्डको एक बिशाल बजारको खेल मैदानबाट बच्चालाई अपहरणको प्रयास गर्ने व्यक्तिलाई पक्राउ गरिएको छ । ३२ बर्षिय जेफरी अकामलाई अपहरण प्रयास र दोश्रो श्रेणीको आक्रमणको आरोप लगाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एक २ वर्षीया र उनको ८ वर्षीय दाई सिल्भर स्प्रिंगको कोलेसभिल सडक र फेन्टन गल्ली (स्ट्रिट)मा रहेको बिशाल बजार (मल )भित्र थिए । उनकी आमाले एक व्यक्तिलाई बच्चाहरूलाई हेरिरहेको देखिन ।

केही बेर पछि उक्त मानिसले बच्चालाई समात्यो। अधिकारीहरूका अनुसार दाईले उनकी आमाले प्रतिकार गर्नु अगाडी उनका दाईले मानिसलाई रोक्न प्रयास गरे ।

आमाले आफ्ना छोराहरूलाई सुरक्षा रुपमा लिन सकिन । संदिग्ध त्यस पछि स्वचालित सिढी (एस्केलेटर ) खोलेर गएका थिए ।

पीडितकी आमाले ९११ मा खबर गरिन। र प्रहरी र मल(बिशाल बजार)को सुरक्षाले निगरानी अङ्कियदृश्य (भिडियो) समीक्षा गरेपछि उनीहरूले संदिग्धलाई पत्ता लगाउन सक्षम भएका थिए भनि एनबिसी वाशिंगटनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया