गेटामा विश्वद्यिालय बन्न नदिने षडयन्त्र हुँदै : भट्ट

वीरेन्द्र रावल २०८० असार १२ गते ०:१८ मा प्रकाशित

धनगढी ,असार ११÷सुदूरपश्चिम प्रदेशमा गौरवका आयोजनाहरु हुन नदिनका लागि बेला बखत विभिन्न माफिया शक्ति र समुहहरुले व्यापक चलखेल गर्न थालेपछि सुदूरपश्चिमको समृद्धिको चाहनामा पूर्ण विराम लाग्न थालेको कुरा नेकपा एमालेका केन्द्रिय सचिव तथा पूर्व मन्त्री लेखराव भटट्ले बताएका छन् ।

सचिव लेखराज भट्टले कैलालीको गेटामास्थित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन नदिन मेडिकल माफिया हात धोएर लागिपरेको बताएका छन् ।

प्रेस चौतारी कैलालीले सोमबार गेटामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचीव भट्टले संघीय सरकारले मेडिकल माफियाको दबाबमा परेर विश्वविद्यालय संचालन गर्न विभिन्न बाधा अडचन खडा गरिरहेको समेत बताएका छन ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गेटामा विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढाए पनि सरकार ढलेपछि प्रक्रिया नै रोकिएको भट्टको भनाइ थियो ।

‘एमालेकै अगुवाइमा गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भएको थियो’, उनले भने, ‘अहिले मेडिकल विश्वविद्यालय बन्न नदिन माफियाहरुले चलखेल गरे । सरकार तिनको दबाबमा पर्यो ।’

सोही अवसरमा सचीव भट्ट सहितको टोलीले मेडिकल कलेजको निरीक्षण समेत गरेको थियो । निरीक्षणका क्रममा उनले सरकार गम्भीर नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

भट्टले मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कसैले काट्न नसक्ने भनेर भ्रम सिर्जना गरिएको बताउदै प्रतिनिधिसभाबाट क्याबिनेट भन्दा माथि रहेकाले बजेट पारित हुनासाथ उक्त निर्णय काटिने बताए ।

अहिले मानिसहरु स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज र विश्वविद्यालय भनेर विभाजित भएको देखिएकाले कुनै राजनीतिक दल नभनेर एकताबद्ध भइ विश्वविद्यालय बनाउन भूमिका खेल्नुपर्ने भट्टको भनाई थियो । भट्टले नेकपा एमाले गेटा मेडिकल विश्वविद्यालय निर्माण गर्नमा प्रष्ट रहेको बताउँदै सरकारले वेवास्ता गरे सदनदेखि सडकसम्म आन्दोलन चर्काउन बाध्य हुन बताए ।

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीले पनि सरकार विश्वविद्यालय बनाउने विषयमा गम्भीर नभएको बताए । कांग्रेसबाट गेटामा विश्वविद्यालय नबानाउने खेल भएको उनको आरोप थियो ।

‘काङ्ग्रेसका प्रदेश सभापतिले संसद बैठकमै विश्वविद्यालय यहाँ अहिले आवस्यक छैन नभएको बताउँदै ’, उनले भने, ‘कांग्रेस नै अहिले यहाँ विश्वविद्यालय नबनाउने खेलमा लागेको देखिन्छ ।’’उनले गेटा स्थित स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापनाका लागि आफुले सदनमा पटक पटक आवाज उठाउको र आगामी दिनहरुमा पनि सुदूरपश्चिमेली जनताको हितमा अग्रभागमा रहेर काम गर्ने बताएका छन् ।

एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र सिंह रावलले तत्काल सरकारले विश्वविद्यालय संचालन प्रक्रिया अगाडि नबढाए सदन र सडक तताउने बताए ।
भट्टले २०४४ सालमा शंकराचार्यले मेडिकल कलेज सञ्चालन गर्नुपर्छ भनेर जग्गा खरिद गरेदेखि निरन्तर आफूले नजिक भएर काम गर्ने तथा अध्ययन गर्ने मौका पाएको बताए ।

२०६५ सालमा आफ्नै पहलमा मेडिकल कलेजबारे अध्ययन भएको, आफ्नै अगुवाईमा कार्यकारी निर्देशक ल्याएर निर्माण कार्य अघि बढाउनेसम्मका काम भएको उनको भनाई थियो ।

पत्रकार सम्मेलनपछि सचिव भट्टले गेटा मेडिकल कलेजको स्थलगत निरीक्षण समेत गरेका थिए ।

गेटा अस्पतालका कार्यकारी अधिकृत प्रमोद जोशीले सरकारले आवस्यक बजेट बिनियोजन नगरेका कारण तत्काल ६०० बेडको बिश्वबिद्धालय सन्चाल गर्न नसकिएपनि हाललाइ सानै संख्यामा भएपनी अस्पताल सन्चालनमा ल्याउनु पर्ने बताए ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया