राष्ट्रपति बजो बाइडेनले आइतबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग युक्रेनका लागि संयुक्त राज्य अमेरिकाको निरन्तर समर्थनबारे छलफल गर्न दूरवार्ता गरेको ह्वाइट हाउसले एक विज्ञप्तिमा जनाएको छ ।
ह्वाइट हाउसले बताए अनुसार बाइडेन र जेलेन्स्की बीच युक्रेनमा चलिरहेको युद्धमा प्रति रक्षा संचालनको बारेमा छलफल भएको छ । राष्ट्रपति बाडेनले निरन्तर सुरक्षा, आर्थिक र मानवीय सहायता लगायतका दृढ अमेरिकी समर्थनलाई पुन: पुष्टि गरेको व्हाइट हाउसले जनाएको छ ।
रुसी वाग्नर भाडा समूहका सैनिक प्रमुख येभगेनी प्रिगोजिनले आफ्ना सेनाहरूलाई मस्कोतर्फ अघि बढ्न आदेश दिएपछि र रुसको सैन्य नेतृत्वलाई पराजित गर्ने धम्की दिएपछि यो कुराकानी आएको हो। क्रेमलिनका प्रवक्ता डिमीट्री पेस्कोभका अनुसार प्रिगोजिनले अगाडी बढ्न रोक्न र आफ्ना सेनालाई बेलारुसमा लैजाने सम्झौता स्वीकार गरेपछि विद्रोह समाप्त भयो। सम्झौताको एक भागको रूपमा वाग्नर सेनाहरूमाथि मुद्दा चलाइने छैन र प्रिगोजिन विरुद्धको फौजदारी मुद्दा खारेज गरिने पेस्कोभले बताए ।
जेलेन्स्कीले ट्विटरमा बाडेनसँगको कुराकानीलाई “सकारात्मक र प्रेरणादायी” भएको बताएका छन् ।
“हामीले शत्रुताको कार्यप्रणाली र रूसमा भइरहेको प्रक्रियाहरूबारे छलफल गर्यौं। अन्तर्राष्ट्रिय व्यवस्था पुनर्स्थापित नभएसम्म विश्वले रूसलाई दबाब दिनुपर्छ,” जेलेन्स्कीले भने।
जेलेन्स्कीले आइतवार क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडासँग पनि कुरा गरेको जनाए ।
प्रतिक्रिया